Suvadin, Home

अनजानमै संघीयता स्वीकार गरियोः वामदेव गौतम

प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संघीयता स्वीकार्नु बाध्यता भएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले संघीयता अनजानमै स्वीकार गर्नुपरेको पनि बताए।

शुभदिन संवाददाता 

काठमाडौं, पुस ६  

प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संघीयता स्वीकार्नु बाध्यता भएको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले संघीयता अनजानमै स्वीकार गर्नुपरेको पनि बताए। 

युद्धलाई शान्तिमा रुपान्तरण गर्न पनि संघीयता स्वीकार गर्न आफूहरु बाध्य भएको प्रष्टिकरण उनले दिए। उपाध्यक्ष गौतमले तत्कालीन माओवादीले जनताको हत्या गर्न थालेपछि त्यसलाई रोक्न संघीयता स्वीकार गर्नुपरेको तर्क पनि गरे। 

उनले संविधान संशोधन प्रस्तावको बिरोधमा जनता उर्लिएको दाबी गरेका छन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संविधानको समेत उल्लंघन हुनेगरी आएकाले मान्न सकिने अवस्था नरहेको स्पष्ट पारे। गौतमले जनताको चाहना विपरित आएको संविधान संशोधन प्रस्ताव कसैलाई पनि मान्य नहुने जिकीर पनि गरे। 

युद्धलाई शान्तिमा रुपान्तरण गर्न पनि संघीयता स्वीकार गर्न आफूहरु बाध्य भएको प्रष्टिकरण उनले दिए। उपाध्यक्ष गौतमले तत्कालीन माओवादीले जनताको हत्या गर्न थालेपछि त्यसलाई रोक्न संघीयता स्वीकार गर्नुपरेको तर्क पनि गरे। 

 
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन गर्न सबै दलहरुलाई बाध्यता रहेको बताए। उनले संविधानको नयाँ प्रावधानलाई कार्यान्वयनमा लैजान सबै दलहरु एक हुनुको विकल्प नरहेको बताए। नेता सिंहले समयको मागअनुसार संविधान संशोधन गर्दै जान सकिने पनि दोहोर्याए।

कार्यक्रममा बोल्दै सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसका जनताले नागरिकता पाउन समेत कठिन हुने अवस्था आएको बताए। उनले नागरिकता पाउने अधिकार प्राप्तिका लागि पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो पनि गरे। सहअध्यक्ष कर्णले आफ्नो ठाउँको शासन जनता आफंैले गर्नका लागि संघीयता ल्याउनु परेको पनि बताए। 


 

More form the Internet

loading...