Suvadin, Home

परराष्ट्रमन्त्री डा महतसँग चिनियाँ राजदूतको भेट

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग शुक्रबार नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरवारमा शिष्टाचार भेटवार्ता गर्दै ।

काठमाडौँ, ३ मङ्सिर ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरवारमा भेटवार्ता गर्नुभएको छ । नेपालका लागि चिनियाँ राजदूतमा हालै नियुक्त हुनुभएको उहाँले परराष्ट्रमन्त्री डा महतसँग पहिलोपटक भेट गर्नुभएको हो । भेटका अवसरमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीको कार्यान्वयनका विषयमा पनि सौहार्दपूर्ण रुपमा छलफल भएको थियो । 

भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री डा महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा चाँडै स्वागत गर्न चाहन्छौं भन्नुभयो । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई हामी नेपालमा चाँडै स्वागत गर्न चाहन्छौंँ र हामी सो भ्रमणको आवश्यक तयारीमा छाैै– मन्त्री डा महतले भन्नुभयो । 

सो भेटका क्रममा मन्त्री डा महतले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताउनुभयो । - रासस 


 

More form the Internet

loading...