Suvadin, Home

नेपाल टेलिकमले सुरू गर्यो फोरजी सेवा

मोबाइल प्रयोगकर्ताले हाइस्पिड इन्टरनेट ब्याण्डवीथमा सेवा लिन पाउने भएकाले फोरजी विश्वभरि रुचाइएको छ। काठमाडौमा एक भव्य कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिकमको फोर जी सेवाको शुभारम्भ गरे।
नेपाल टेलिकम।

काठमाडौं, पुस १७


दुरसञ्चारमा पछिल्लो प्रविधि मानिएको चौथो पुस्ता फोरजी सेवा आइतबारबाट सुरू भएको छ।

मोबाइल प्रयोगकर्ताले हाइस्पिड इन्टरनेट ब्याण्डवीथमा सेवा लिन पाउने भएकाले फोरजी विश्वभरि रुचाइएको छ। काठमाडौमा एक भव्य कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिकमको फोर जी सेवाको शुभारम्भ गरे।

टेलिकमले  हाललाई थ्रीजीकै महसुल दरमा फोरजी सेवा उपलब्ध गराउने भएको छ। टेलिकमले हाललाई ३ लाख ५० हजार पोष्टपेड मोबाइलमा मात्र यो सेवा सुचारु हुने बताएको छ।

यो सेवा अहिले पोखरा र काठमाडौंमा सुचारु भएको छ। काठमाडौं उपत्यकाको रिङरोडभित्रका सबै क्षेत्र, ललितपुरको सहरी क्षेत्र र गोदावरी क्षेत्र साथै भक्तपुरका सहरी क्षेत्रहरुमा यो सेवा सुचारु भएको हो। पोखराको  महेन्द्रपुल क्षेत्र, न्युरोड क्षेत्र र लेकसाइड क्षेत्रमा पनि फोरजी सेवा उपलब्ध हुनेछ।

 


 

More form the Internet

loading...