Suvadin, Home

आयोन एक्सचेन्जको आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स नेपाल 

काठमाडौं, ८ मंसिर ।

 राजधानीमा अाज आयोजित एक कार्यक्रममा आयोन एक्सचेन्ज र केम्ट्रोनिक्स नेपालका बिच आधिकारीक डिलरसिपको संझौतापत्रमा हस्ताक्षर भएकाे छ । साेअवसरमा आयोन एक्सचेन्ज भारतका कार्यकारी उपाध्यक्ष  दिनेश सदाशिवन र केम्ट्रोनिक्स नेपालका  प्रबन्ध निर्देशक विवेक शर्माले  संझौतापत्रमा हस्ताक्षर गरेका थिए ।   

यो संझौतापछि केम्ट्रोनिक्स नेपालले  उपत्यका बाहिर आयोन एक्सचेन्चका उत्पादन, प्रविधि र  केयरको कारोबार सुरु गर्न पाउने छ । आयोन एक्सचेन्जको आधिकारीक केयर सेन्टर तथा डिलरसीप पाएपछि खुशी ब्यक्त गर्दै केम्ट्रोनिक्स नेपालका प्रबन्ध निर्देशक शर्माले ५२ बर्षे इतिहास बोकेको आयोन इण्डिया भारतमा पानी व्यवस्थापनका क्षेत्रमा अग्रणी कम्पनी रहेको र यसको फाइदा समग्र नेपाली औधोगिक क्षेत्रले पाउने बताए । उनले कुनैपनि उधोगमा पानीको समस्या परे २४ घण्टाभित्रै सो को समाधान गर्न केम्ट्रोनिक्स नेपाल तयार रहेको पनि बताए । साेहि कार्यक्रममा जल व्यवस्थापन आजको औद्योगीक तथा संस्थागत विकासका लागि अत्यावश्यक रहेको आयोन एक्सचेन्जका कार्यकारी उपाध्यक्ष दिनेश सदासिवनले बताए । उनले जल सुरक्षा, प्रविधिको प्रयोग, उपयोगहिन पानीको सदुपयोग तथा बहुउपयोग लगायतका बिषयमा आयोनले नयाँ प्रविधि भित्र्याएको पनि जानकारी दिए । 

आयोन एक्सचेन्ज विश्वका अधिकांश मुलुकमा सेवा विस्तार गर्न सफल भैसकेको कम्पनी हो भने, यसको सर्भिस डिभिजनलाई एसियामा पानी व्यवस्थापनका लागि सबै भन्दा ठुलो उद्योग मानिन्छ । पानीको संरक्षण र अधिकतम उपयोगका लागि सहभागीतामा आधारित विधि आवश्यक रहेको तथा औद्योगीक तथा संस्थागत र मानिसका समुदायहरु, नगरपालिका तथा पानी प्रशाेधन कम्पनीहरुले त्यस्तो विधि  प्रयोग गर्न सकिने कार्यक्रममा जानकारी दिइएको थियो । उद्योगहरुले आफ्नो उद्योगमा भ्याल्यु एडिसन हुने खालका बिभिन्न कम्पनीका उपयुक्त पानी व्यवस्थापन प्रविधि  जडान गर्नुपर्नेमा पनि उनले जोड दिदै सदासिवनले  वाटर अडिट, रिमोट मोनिटरिङ सिस्टम, वाटर ट्रिटमेन्ट प्लान्ट, अक्सिजन डिटेक्टर, मोबाइल एप्लिकेशनमा आधारित  प्रविधिहरुको उपयोग गर्नुपर्ने बताए  । 
 
आयोन एक्सचेन्ज भारतका बारेमा 
भारतीय बजारमा पानी तथा दुषित पानी प्रशाेधनका क्षेत्रमा ख्यातप्राप्त कम्पनी हो, जसले ५२ वर्षदेखि अनवरत सेवा प्रदान गर्दै उपभोक्ताको मन जितिरहेको छ । यसले बिभिन्न उद्योग तथा समुदायलाई पानी प्रशाेधनको सेवा तथा उपकरण प्रदान गर्दै आएको छ । पानी प्रशाेधन र व्यवस्थापनका क्षेत्रमा यो कम्पनी संसारमा स्थापित ब्राण्ड हो ।  यसले भारत बाहेक गल्फ, दक्षिण पुर्वि एसिया, तथा अफ्रिकामा समेत अाफनाे सेवा विस्तार गरिसकेको छ । 


 

More form the Internet

loading...