Suvadin, Home

एस एण्ड एसकाे न्यानो कपडा ब्यापार मेला हुने

काठमाडौं,

एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादित कपडाहरुको मेला पुष ९ गते शनिबार कुलेश्वरस्थित गौतमश्री कम्प्लेक्समा हुने भएको छ ।

स्वदेशमै रोजगारीको अवसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने मुख्य उद्देश्यका साथ कपडा ब्यापार मेला गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमाले बताए । जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुकालागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ । नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ  सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आब्हान गरेको छ । एक दिनका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बिशेष छुट गरेर कपडाको कारोबार गर्न लागेको यो तेस्रो पटक हो ।

यस अघि पनि गार्मेन्टले पहिलो र दोस्रो ब्यापार मेला गरिसकेको छ । 


 

More form the Internet

loading...