Suvadin, Home

कार्कीलाई ७ दिन भित्र आफै उपस्थित हुन आदेश 

 
काठमाडौँ,
सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलिम्वित प्रमुख लोकमान कार्कीले म्याद तामेलीमा अवरोध पुर्याएको मुद्धामा न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल बेन्चले ७ दिन भित्र उनलाई अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।


सर्वाेच्च अदालतका सह प्रवक्ता विश्व राज पाड्यालले न्यायाधीश डा. आनन्द मोहन  भट्टराईको एकल बेन्चले आज यस्तो आदेश दिएको जानकारी दिए । कार्कीले आफू नियुक्ती सम्बन्धमा सर्वाेच्चमा परेको मुद्धाको पुनरावलोकन फैसला पछि म्याद तामेलीका क्रममा अवरोध गरेका थिए । तामेलीमा अवरोध गर्ने कार्की, उनका ज्वाइँसहित चार जनालाई कारवाहीको काम गदै अधिवक्ता ओमप्रकास अर्यालले सर्वाेच्चमा निवेदन दिएका थिए । 


 

More form the Internet

loading...