Suvadin, Home

१२ बुदेँ सहमतिमा २२ दिन लामो अनशन तोडे प्रा.डा.केसी

सरकारको तर्फबाट वार्ता टोलीमा सहभागी भएका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा.केसी बीच आज ११ बजे हस्तारक्ष भएको हो । ०७२ सालको भूकम्पबाट आमा गुमाएका साँढे दुई बर्षीय बालक मारसाङ तामाङ्गको हातबाट जुस पिएर डा.केसीले अनशसन तोडेका हुन् ।
प्राध्यापक डा. गोविन्द केसी


गोविन्द लुइँटेल \काठमाडौँ

चिकित्सा शिक्षा क्षेत्रको व्यापक सुधारको माग गदै आमरण अनशन बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आज सरकारका प्रतिनिधिसंग सम्झौता गरी अनशसन तोडेका छन् ।

सरकारको तर्फबाट वार्ता टोलीमा सहभागी भएका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा.केसी बीच आज ११ बजे हस्तारक्ष भएको हो । ०७२ सालको भूकम्पबाट आमा गुमाएका साँढे दुई बर्षीय बालक मारसाङ तामाङ्गको हातबाट जुस पिएर डा.केसीले अनशसन तोडेका हुन् । नेपाल चिकित्स संघका अध्यक्ष मुक्तिराम श्रेष्ठका अनुसार १० बुदेँ माग राख्दै अनशन बसेका डा. केसीले सरकारसँग आज १२ बुदेँ सहमतिमा हस्ताक्षर गरी २२ दिन लामो अनशन तोडेका हुन् । केसीको माग सम्वोधन गर्न एक हप्ता अगाडि सरकारले शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र स्वास्थ्य डा. सचिव सइन्द्रराज उप्रेती संलग्न दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।  हिजो करीब पाँच घण्टा लामो वार्ता पछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । सहमति पत्रमा हिजो नै अनशन तोड्ने उल्लेख गरिए पनि केही वुदाँमा केसीले असहमति जनाए पछि वार्ता गरी सहमति मै केसी पक्ष आज अनशन तोड्न सहमत भएको थियो ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन सस्थानको डीनमा वरिष्ठताको आधारमा डा. जगदीश अग्रवालाई हिजो नियुक्त गरी डा. केसीले राखेका माग मध्य एउटा माग सरकारले पूरा गरिसकेको छ । त्यस्तै डा. केसीेसंग विगत समयमा सरकारबीच भएका सहमतिलाई कार्यान्वयन गराउँन १५ दिन भित्र एउटा समिति गठन गर्ने सहमति भएको छ । त्यस्तै सहमति पत्रमा चिकित्सा क्षेत्र ऐन २०७३ लाई केही संशोधन गरी विपन्न विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन पनि सरकारले सहमति जनाएको छ । 

(सरकारसंग भएको सहमति पत्र)

 

 


पूर्व शिक्षा सचिव जयराम गिरी संयोजकत्वमा गठन गरिएको छानवीन आयोगको प्रतिवेदन कार्यान्वयन गराउन अख्तियारलाई पुन स्मरण गराउँने तथा सरकार र केसी बीच भएको आजको १२ बुदेँ सहमतिलाई मन्त्री परिषद्को पहिलो वैठकबाट सरकारले स्वामित्व ग्रहण गर्न पनि सरकारले सहमति जनाएको छ । केसीले राखेका १० बुदेँ माग मध्य त्रिवि उपकूलपति तीर्थ खनियाँको बरर्खास्ती तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान कार्कीलाई महाअभियोग लगाउने विषय भने सम्वोधन भएको छैन । कार्कीको मुद्धा संसद्को अधिकारको क्षेत्र भएको भन्दै त्यो माग केसीले छाडेका छन् । यता उपकूलपति खनियाँको विषय पनि छानवीन समितिकै जिम्मामा छोडिएको छ । 

डा.केसीले १० औ पटकको यो सहित अहिलेसम्म अनशन १२० दिन अनशसन बसिसकेका छन् । 
 


 

More form the Internet

loading...