Suvadin, Home

तरुण दलमा बस्नेत 

देउवालाई नेतृत्व सहित ३० प्रतिशत, खडकालाई कोषाध्यक्ष सहित १० प्रतिशत, पौडेललाई महासचिव सहित ३० र सिटौलालाई उपाध्यक्ष सहित ३० प्रतिशत सदस्य


काठमाडौँ, कार्तिक ३० 
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत र उपाध्यक्षमा उत्तमकुमार चापागाइ सहमतिबाट छानिएका छन् । त्यस्तै कोषाध्यक्षमा विद्यान गुरुङको नाम टुंगो लागिसकेको छ । शनिवार महाधिवेशन उदघाटन गर्न पोखरा आएका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खडकाबीच पदाधिकारीमा सहमति भएको छ । देउवालाई नेतृत्व सहित ३० प्रतिशत, खडकालाई कोषाध्यक्ष सहित १० प्रतिशत, पौडेललाई महासचिव सहित ३० र सिटौलालाई उपाध्यक्ष सहित ३० प्रतिशत सदस्यमा कुरा मिलेको छ । तरुणको दलको नेतृत्वमा देउवाले बस्नेत र सिटौलाले उपाध्यक्षमा चापागाइलाई ल्याएका छन् ।

पौडेल समूहभित्र महासचिवमा कसलाई लैजाने भन्नेमा विवाद भएको छ । पौडेलले भूपेन्द्रजंग शाही, महामन्त्री शशांक कोइरालाले सिद्धार्थ कोइराला र नेता रामशरण महतले रमेश महतलाई महासचिवमा बनाउनुपर्ने बताएका छ । ६१ सदस्यी कार्य समितिलाई सहमतिमा विधान संशोधनबाट थप गरि ७५ सदस्यीय पुर्याइएको बताइएको छ । सबै समुहबाट नाम आएपछि मात्रै नयाँ पदाधिकारीको नाम औपचारिक घोषणा गरिने नेपाली कांग्रेस पार्टीका सूचना अधिकृत केशव रिजालले जानकारी दिए । 
 


 

More form the Internet

loading...