Suvadin, Home

झमकको ‘प्रमिल आकाश’

साहित्यकार घिमिरेले एक कार्यक्रमका बीच धनकुटामा उक्त कविता संग्रहको सार्वजनिक गरिन्।  झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकाशमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका थिए। 

धनकुटा, पुस १० 


मदन पुरस्कार विजेता साहित्यकार डा. झमककुमारी घिमिरेको १३ अाैं कृति ‘प्रेमिल आकाश’ बजारमा आएको छ। 

साहित्यकार घिमिरेले एक कार्यक्रमका बीच धनकुटामा उक्त कविता संग्रहको सार्वजनिक गरिन्।  झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकाशमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका थिए। 

घिमिरेले यसअघि ‘जीवन काँडा कि फूल’ सङ्ग्रहबाट मदन पुरस्कार पाएकी थिइन्। विगत लामो समयदेखि उनी एक किसिमको मस्तिष्क घातबाट ग्रसित छिन्। सेरेब्रलपाल्सी नामक मस्तिष्क घातबाट ग्रसित भए पनि, कुनै पनि स्थितिमा सोच र सिर्जनाका लागि नियम हुँदैन भन्ने उदहारण बनेकी साहित्यकार डा. घिमिरेको  यो संग्रहसहित विभिन्न विधाका १३ वटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन्। 

यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान तथा बधाई, पुस्तक सार्वजनिक एवम् परिचर्चा कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ। झमकको जीवनमा आधारित चलचित्रसमेत तयारी गरी प्रदर्शनको तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ। 
 


 

More form the Internet

loading...