Suvadin, Home

संविधान संशोधनबारे अमेरिकी चासो
अलाइनाले केपी ओलीलाई सोधिन्, ‘संसद अवरोध किन गरेको?’  

अमेरिकाले संविधान संशोधन प्रस्तावको पक्षमा वकालत गरेको छ। अमेरिकी राजदूत अलाइना टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेताले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो व्यक्त गरेकी हुन्।

शुभदिन संवाददाता  
काठमाडौं, पुस ५ 

अमेरिकाले संविधान संशोधन प्रस्तावको पक्षमा वकालत गरेको छ। अमेरिकी राजदूत अलाइना टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेताले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो व्यक्त गरेकी हुन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राजदूत अलाइनाले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध भइरहेकोतर्फ अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराइन्। संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले निरन्तर ससंद अवरुद्ध बनाइरहेका बेला अमेरिकी राजदूत अलाइनाले विपक्ष  दलका नेता ओलीसँग भेट गरेकी हुन्।

भेटमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनता र राष्ट्रको हित विपरीत आएकाले विरोध गर्नुपरेको बताएका थिए। उनले अदालतमा प्रवेश गराइएको विषयलाई सरकारले संसदमा प्रवेश गराएर अदालतको समेत मानहानि गरेको भन्दै राजदूत अलाइनाको ध्यानाकर्षण गराएकी थिइन्। 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा राजदूत अलाइनाले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध भइरहेकोतर्फ अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराइन्। संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले निरन्तर ससंद अवरुद्ध बनाइरहेका बेला अमेरिकी राजदूत अलाइनाले विपक्ष  दलका नेता ओलीसँग भेट गरेकी हुन्।

जदूतले संविधान संशोधन प्रस्तावको विरोध गर्नुको कारणबारे चासो व्यक्त गरेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। उनले नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेकोतर्फ पनि राजदूत अलाइनालाई सचेत गराइएको पनि उल्लेख गरे। 
 
एमालेले संविधान कार्यान्वयनका लागि सबै खालको सहयोग गर्ने तत्परता देखाए पनि संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान लिँदै आएको छ। संविधान कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको दोहो¥याउँदै अध्यक्ष ओलीले संविधान संशोधनको पक्षमा भने जान नसकिने प्रष्टयाउँदै राजदुत अलाइनाको पटक–पटक ध्यानाकर्षण गराए। 

नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर युरोप र अमेरिकन राजदूतहरुले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिँदै आएका छन्।
 


 

More form the Internet

loading...