Suvadin, Home

सरकार र डा.केसी बीच बार्ता

काठमाडौँ मंसिर १२ 

चिकित्सा क्षेत्रको सुधार तथा वरिष्ठताको आधारमा डीन नियुक्ती लगायतका १० वुदेँ माग राखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत् प्रा.डा. गोविन्द केसीसंग आज सरकारद्धारा गठित वार्ता टोलीसंग वार्ता शुरु भएको छ ।

आजको वार्तामा केसीका तर्फबाट वार्ता टोलीमा डा.वाइपी सिंह, रञ्जन सापकोटा, डा. लिजन महर्जन, र डा. सागर पोखरेल सहभागि छन् । विहान  ११:३०  बजे देखि शिक्षा मन्त्रालयमा वार्ता चलिरहेको केसीको वार्ता टोलीमा संलग्न डा. लिजन महर्जनले  जानकारी दिएका छन् ।

केसीको समर्थनमा शनिबार भएको जुलुस तथा धर्ना कार्यक्रममा सहभागी प्रहरीले तीन दर्जन जति व्यक्तिलाई पक्राउ गरे पछि डा. केसीले वार्ता बहिष्कार गरेका  थिए । तर पक्राउ परेकालाई प्रहरीले छाड्न सहमति जनाए पछि डा. केसी वार्ता बस्न तयार भएका हुन् । डा. केसीको माग सम्वोधन गर्न भन्दै शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा शनिबार सरकारले वार्ता टोली गठन गरेको थियो । डा. केसी १४ औँ दिनदेखि अनशनरत् छन् ।


 

More form the Internet

loading...