Suvadin, Home

राजधानीबाट १ सय ५७ जना बन्द कर्ता पक्राउ


काठमाडौ

खाद्य सुरक्षाको माग गदै नेन्द्र विक्रम चन्द नेतृत्वको (नेकपा माओवादी )द्धारा आज आह्वान गरेको बन्दका क्रममा राजधानी काठमाडौँबाट १ सय ५७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 
राजधानीको कोटेश्वर, गौशाला, कलंकी बानेश्वर लगायतका स्थानबाट बन्द गराउँदै हिड्ने सो पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राऊ गरेको महानगरीय प्रहरी कार्यालय हनुमान ढोकाका प्रहरी प्रवक्ता प्रधुन्न कार्कीले बताए । उनका अनुसार राजधानीमा यस अगाडिका बन्द भन्दा कडा सुरक्षाको व्यवस्था गरिएको छ । बन्दका क्रममा निजी तथा सार्वजनिक सवारी साधनमाथि अहिलेसम्म कुनै तोडफोड र आगजनीका घटना नभएको कार्कीले जानकारी दिए । उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । सडकमा निकै कम मात्रामा निजी सवारी साधन गुडिरहेको देखिन्छ । 
 


 

More form the Internet

loading...