Suvadin, Home

सांसदले एउटा बाटोको बजेट अर्कोमा खन्याउन खोज्दा तनाव 

‘अर्को बाटोमा सांसद रेवतीरमण भण्डारीको जग्गा रहेको र माफियाहरूले त्यहाँ प्लटिङ गर्न खोजिरहेकाले योजना परिवर्तन गरिएको हामीले बुझेका छौं,’ स्थानीय प्रकाश कोइरालाले भने। कोसी राजमार्गदेखि पूर्वतर्फको टेलिकम टावर, गणेश मन्दिर हुँदै ज्ञानोदय मावि जाने बाटोको  ड्रेन पनि गएको वर्ष आधा निर्माण गरिएको छ। यस वर्ष सो बजेटबाट ड्रेन निर्माण गर्ने योजना  थियो। तर, बजेट अन्तै खर्च हुन लागेको थाहा पाएपछि स्थानीय आक्रोशित भएका हुन्। 

ध्रुव ढकाल, सुनसरी, पुस ७ -

पूर्वाधार विकासका लागि आएको सांसद कोषको रकम एउटा सडक देखाएर अर्कै सडकमा  विनियोजन गरेको भन्दै स्थानीयले बिरोध जनाएका छन्। 

कोसी राजमार्गदेखि इटहरी–१० को टेलिकम टावर, मुसहरी बस्ती हुँदै ज्ञानोदय मावि जाने बाटोका लागि सांसद कोषबाट २५ लाख रकम विनियोजन गरिएको थियो। तर, अहिले त्यो बाटोको लागि आएको बजेट कोसी राजमार्गदेखि टावर हुँदै मनमोहन प्रावि जाने बाटोमा लगानी गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्। 

बजेट विनियोजन गर्ने बेलामा एउटा बाटोको नाम राखेर निर्माण भने अर्कै बाटो गर्न लागिएकोे भन्दै स्थानीय आक्रोशित छन्। उनीहरूले आफ्नो बाटोका लागि आएको बजेट अन्यत्र जान नदिने बताएका छन्। 

‘अर्को बाटोमा सांसद रेवतीरमण भण्डारीको जग्गा रहेको र माफियाहरूले त्यहाँ प्लटिङ गर्न खोजिरहेकाले योजना परिवर्तन गरिएको हामीले बुझेका छौं,’ स्थानीय प्रकाश कोइरालाले भने। 

कोसी राजमार्गदेखि पूर्वतर्फको टेलिकम टावर, गणेश मन्दिर हुँदै ज्ञानोदय मावि जाने बाटोको  ड्रेन पनि गएको वर्ष आधा निर्माण गरिएको छ। यस वर्ष सो बजेटबाट ड्रेन निर्माण गर्ने योजना  थियो। तर, बजेट अन्तै खर्च हुन लागेको थाहा पाएपछि स्थानीय आक्रोशित भएका हुन्। 

पुरानो चलेको बाटोको लागि आएको बजेट नयाँ भर्खरै खोलिएको बाटोमा लान नुहने स्थानीयबासीले बताए।

‘अर्को बाटोमा सांसद रेवतीरमण भण्डारीको जग्गा रहेको र माफियाहरूले त्यहाँ प्लटिङ गर्न खोजिरहेकाले योजना परिवर्तन गरिएको हामीले बुझेका छौं,’ स्थानीय प्रकाश कोइरालाले भने। 

सांसद कोषको बजेट विनियोजन गर्ने बैठकमा सँगै बसेकी सांसद कल्पना चौधरीका प्रतिनिधि कोवितजंग कार्की पुरानो बाटोका लागि बजेट विनियोजन गरिएको बताउँछन्। फोरम लोकतान्त्रिकका नगरअध्यक्ष समेत रहेका कार्की आफूले पटका–पटक कुरा उठाउँदा पनि सोही बाटोका लागि भनिएको तर अहिले निर्वाचित सांसद रेवतीरमण भण्डारीले अर्कै बाटोमा हालेको भन्न थालेको बताउँछन्। योजना परिवर्तन गर्ने प्रवृत्तिप्रति आफू असन्तुष्ट रहेको उनले बताए।

विवादित बनेको दुई बाटोको कोसी राजमार्गसँग जोड्ने बाटो भने एउटै  छ। गणेश मन्दिर नजिकबाट बाटो दुईतर्फ छुट्टिएका छन्। केही जग्गावाला व्यक्तिहरूको प्रभावमा परेर योजना परिवर्तन भएको हुन सक्ने स्थानीयले आरोप लगाएका छन्। 

पुरानो बाटोमा बस्ती बाक्लो छ। अघिल्लो वर्ष निर्माण सुरू गरिएको ड्रेन पनि आधा बाटोसम्म मात्र पुगेको छ। यता अर्को बाटो भने भर्खरै खेतको बीचबाट खोलिएको हो।

सुनसरीको क्षेत्र नम्बर २ का निर्वाचित सांसद रेवतीरमण भण्डारी हुन्। अन्य तीन जना समानुपातिक सांसद छन्। राप्रपाबाट रामकुमार सुब्बा, माओवादी केन्द्रकी अनिता परियार र फोरम लोकतान्त्रिककी कल्पना चौधरी हुन्। 

केही समयअघि चारै जना सांसदको समहतिमा बजेट विनियोजन गरिएको थियो। योजना अदल-बदलले दुई बाटोका स्थाबीयबीच विवाद बढ्ने सम्भावना छ। 


 

More form the Internet

loading...