Suvadin, Home

तीन दिन भित्र संविधान संशोधनको प्रस्ताव पेश गर्ने सहमति 

फोटो ः प्रधानमन्त्री दाहालको निजी सचिवालय


काठमाडौँ मंसिर ८
संविधान संशोधनको विषयमा साझा धारणा तय गर्न बसेको मधेशी मोर्चा र सतारुण दल बीचको बैठकमा संशोधन प्रस्ताव तीन दिन भित्र संसद्मा पेश गर्ने सहमति भएको छ ।

त्यसका लागि प्रतिपक्ष दल नेकपा एमाललेसँगको सहमतिमा भाषा, नागरिकता, तथा अन्य सिमाङकनको समस्या समाधान खोजिने प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा बताएका उनको वेभसाइटमा उल्लेख छ । प्रधानमन्त्री दाहालको प्रस्तावमा मधेशी मोर्चाले पनि सहमति जनाएका छन् ।

प्रधानमन्त्री दाहालको आह्वानमा बालुवाटारमा बसेको वैठकमा मधेशी मोर्चा र नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको सहभागिता थियो । मधेशी मोर्चाले संसद्मा संविधान संशोधनको प्रस्ताव पेश गर्न १५ दिनको म्याद दिए पछि सतारुण दल र मधेशी मोर्चा बीच संविधान संशोधनको प्रस्तावका विषयमा सहमति भएको हो ।


 


 

More form the Internet

loading...