Suvadin, Home
दमक–८ मा साँझ साढे ७ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको बा६१प ५९६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो।

दमक, माघ ४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा मोटरसाइकलको ठक्करबाट सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ। 

दमक–८ मा साँझ साढे ७ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको बा६१प ५९६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो।

बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलका चालक मकवानपुर मरिखोला–२ का २६ वर्षीय रोमित मोक्तान र पछाडि सवार सोही ठाउँकी ४० वर्षीया पवित्रा माझी गम्भीर घाइते भएका छन्।

उनीहरु दुवैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।


 

More form the Internet

loading...