Suvadin, Home

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

काठमाडाैं, पुस २७


एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रुपमा रक्तदान अभियान सञ्चालन गर्नेबारे बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गरे।

एनआईसी एसियाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानजस्तो  आवश्यक र जरुरी जनस्वाथ्यसँग सम्बन्धित विषयलाई लिएर देशव्यापी रुपमा रक्तदान शिविर सञ्चालन गर्ने अभियान चलाउने छ। नेपाल रेडक्रस सोसाइटीले देशभरि रहेका बैंका शाखालार्इ प्राविधिक सहयोग, संकलन र भण्डारणमा सहयोग गर्ने छ।

एनआईसी एसिया र नेपाल रेडक्रस सोसाइटीको यो सहकार्यको प्राथमिक लक्ष्यमा देशभर सयभन्दा बढी ठाउँ रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना छ।

यस वर्ष सात हजारभन्दा बढी बृक्षरोपण गर्ने अभियान सुचारु रुपले अघि बढिरहेको बैंकले जनाएको छ। 

 

More form the Internet

loading...