Suvadin, Home
Nepal Life Insurance Ltd.

नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स जाँदै

राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट र गाेल किपर किरण चेम्जोङ विभिन्न प्रतियाेगितामा सहभागिताका लागि साेमबार विदेश जाने भएका छन्। अन्जन अभ्यास र ट्रायलका लागि स्पेन तथा किरण पहिलाे डिभिजन खेल खेल्न माल्दिभ्स जान लागेका हुन्। 
अन्जन विष्टलार्इ बिदा गर्दै विमानस्थलमा उनकाे परिवारका सदस्यहरू।

काठमाडाैं, पुस २५


राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट र गाेल किपर किरण चेम्जोङ विभिन्न प्रतियाेगितामा सहभागिताका लागि साेमबार विदेश जाने भएका छन्। अन्जन अभ्यास र ट्रायलका लागि स्पेन तथा किरण पहिलाे डिभिजन खेल खेल्न माल्दिभ्स जान लागेका हुन्। 

अन्जनले स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा रहेर अभ्यास गर्ने कार्यक्रम रहेकाे छ। अभ्यासमा राम्राे प्रदर्शन हुन सके उनी त्यहाँकाे घरेलु प्रतियाेगितामा पनि सहभागिता जनाउने अञ्जनले बताए। अाफ्नाे स्पेनकाे अभ्यासले व्यक्तिगत रूपमा अाफ्नाे करिअरमा निखार अाउनुका साथै राष्ट्रिय टाेलीका लागि पनि महत्वपूर्ण बन्ने उनकाे विश्वास छ।

यता, माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग एक वर्षको सम्झौता भएपछि राष्ट्रिय टिमकाे पहिलाे राेजार्इका गाेलकिपर किरण पनि माल्दिभ्स जाँदैछन्। माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग उनकाे एक वर्षको सम्झौता भएकाे थियाे। श्रीलंका भम्रणका लागि अाफू उत्साहित रहेकाे किरणले प्रतिक्रिया दिए। 

 

More form the Internet

loading...