Suvadin, Home

ज्ञानेन्द्र शाहको ‘आउट् डेटेड्’ ऊर्जा

ज्ञानेन्द्र शाह को थिए, को हुन् र के भए भन्ने कुरो इतिहासको एउटा गाथा हो। इतिहासमा उनी एक राजा थिए। वर्तमानमा उनी एक नागरिक हुन्। इतिहासमा शक्तिकेन्द्रका स्थानमा उनको मुकुटधारी शिर ठाडो थियो। त्यो उनको अहोभाग्य थियो। वर्तमानमा नागरिकसरह उनको मुकुटहीन शिर ठाडै छ। यो हामी नेपाली जनताको अहोभाग्य हो। इतिहासमा नेपाल हाँक्न उनको शक्तिकेन्द्र सक्रिय बनेको थियो। त्यो राजतन्त्र थियो। 

एसपी लुइँटेल


राजतन्त्रीय पञ्जाको शंका लागिरहने यो मुलुकमा बेला–बेला उनी यसैगरी प्वालबाट निस्केको मुसोझैं निस्कन्छन्। र, शब्दका व्यञ्जनले खस्याक्खुसुक काट्ने कसरत गर्छन्। कारण, उनीसाथ इतिहासको उरुङ ठेली र मृत ऊर्जा छ  सायद, ऊर्जाको जीवन्तकालमा त्यसको प्रयोग त्यो निजी दृष्टिमा अपुरै हुँदो हो। तब त यदाकदा आफ्नो अपूर्ण धोको प्राप्तार्थ उनी विलापमय ढङ्गले प्रस्तुत गर्छन्।

केही साताअघि पुरानै धुनमा गुञ्जियो ज्ञानेन्द्र शाहको विलापपूर्ण व्यञ्जन। एक वक्तव्यको गुञ्जनबाट उनले पुनः एकपटक साबिकी मसला मोल्ने जमर्को गरे। भने, ‘नेपाली जनताबीच फाटो आयो। राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमा प्रश्न खडा भो। हाम्रा वंशवृन्दले हिफाजत गरी राख्न दिएको मुलुक संघीयताको नाउँमा तोडमोड हुने भो। गणतन्त्रका नाउँमा विदेशी शक्तिको चलखेलले तराई, पहाड, हिमालको ऐक्य भावनामाथि प्रहार गर्ने भो’ आदि–इत्यादि।

लाग्छ, एक नागरिकको हैसियतले मुलुकबारे यति चिन्ता लिनु त लोकतन्त्रमा मनासिबै हो। त्यसमाथि पनि उनीसाथ राजतन्त्रको अतृप्त स्वाद, भुपू नरेशको राग र ‘आउट् डेटेड्’ ऊर्जा त छँदै छ। यो लोकतन्त्र जनताबाट सिर्जित एक प्रत्यक्ष शक्ति हो। जनताको मनसुबाले भित्रिएको यो लोकतन्त्रमा हरेक नागरिकको हक, अधिकार र स्वतन्त्रता सुनिश्चित हुन्छ। त्यो शक्तिको बाहक दलीय प्रतिस्पर्धाबाट आएका नेता हुन्छन् र, संवाहक हुन्छन् अधिकार सम्पन्न जनता तथा नागरिक। यो लोकतान्त्रिक शक्तिमा निहित अङ्कुरको सिर्जना र प्रवाह पनि नागरिककै निम्ति हुन्छ। तसर्थ, लोकतान्त्रिक शक्तिमा आस्था राख्ने नागरिकले दल तथा नेताको कूबुद्धि र स्वार्थजडित आचारप्रति औंंलो ठड्याउनु मनासिब हो। र, तिनलाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक पटरीबाट अग्रगमनको दिशातिर कुद्ने बाटो देखाउनु उचित पनि हो। यदि ज्ञानेन्द्र शाहले नागरिकको औतार र औसतमा त्यसै गरेका हुन् भने त्यो मान्य नै हो। 

राजतन्त्रीय पञ्जाको शंका लागिरहने यो मुलुकमा बेला–बेला उनी यसैगरी प्वालबाट निस्केको मुसोझैं निस्कन्छन्। र, शब्दका व्यञ्जनले खस्याक्खुसुक काट्ने कसरत गर्छन्। कारण, उनीसाथ इतिहासको उरुङ ठेली र मृत ऊर्जा छ  सायद, ऊर्जाको जीवन्तकालमा त्यसको प्रयोग त्यो निजी दृष्टिमा अपुरै हुँदो हो। तब त यदाकदा आफ्नो अपूर्ण धोको प्राप्तार्थ उनी विलापमय ढङ्गले प्रस्तुत गर्छन्।

इतिहासको प्वालबाट जतिबेला उनी निस्कने र अनुहार देखाउने चेष्टा गर्छन्, त्यतिबेला नेपालका राजनीतिक दल र दलीय मुख्य नेताका मुहारमा शङ्का र सकसका नाना तरङ्ग फैलिन्छन्। नेताजनका ती अनेकवली शङ्का र सकसको एकमात्र कारण हाम्रा महान नेताजन आफैं हुन्। जब, लोकतन्त्रमा राजनीतिको प्रयोग र प्रतिष्ठा, गन्तव्य र गरिमा, शासन र सामथ्र्यलाई यी केवल आफ्नो स्वार्थसिद्धका बाटा ठान्छन्। जनता तथा नागरिकका प्राप्यमाथि यी खेलवाड गर्छन्। र, जनवर्गमा आइपरेका विविध सङ्कट यी कदापि देख्तैनन्। तब त, त्यस्ता मृत ऊर्जालाई जाग्ने बहाना सहजरुपले प्राप्त हुन्छ। 

यहाँ यस्तै भइरहेछ। नेताजन, व्यर्थै समय खेर फाल्ने धुनमा सत्ता साझेदारी गर्छन्। सरकारमा सिण्डिकेटको चक्रिय प्रणाली पैदा गर्छन्। र, आलोपालो त्यसमा बसेर गरिखाने धन्धा चलाउँछन्। मुलुकको हित र जनताको सामाजिक स्तरोन्नतिबारे नेताजनको चिन्ता मृतप्रायः छ। देशमा समृद्धि र विकासको अवस्था शून्यप्रायः छ। जागृत छ, केवल सट्टा, बदला र म्यादका शासनले तँछाडमछाड प्रवृत्ति। तब न, यो मुलुक धरासायीको पथमा उद्धत छ।

वास्तविकता यही भएपछि र भाइ फुटेपछि गवाँरलाई लुट्न मार्ग प्रशस्त हुन्छ। राजतन्त्रको मृत शक्ति पुनः जाग्न खोज्ने मनसुबा पनि सायद नेताजनको उ    क्त चक्रिय प्रणाली नै हुँदो हो। र, नेताजनको यही प्रणाली नै मृतलाई जाग्ने बहाना बन्छ। यहाँ यी नेताले यसैगरी ज्ञानेन्द्र सरकारलाई खुद बहाना प्रदान गरिरहेछन्। र, प्रेतबाट तर्सिने शङ्का पनि आफैँ प्राप्त गरिरहेछन्। 

पूर्वराजाका अस्तिका व्यञ्जनाले यी अग्घोरै तर्सिए। मानौँ, ज्ञानेन्द्र सरकारले फेरि सहजै श्रीपेच धारण गर्छन् र हाम्रा नेताजनको हुर्मत काढ्छन्। मानौँ, राजतन्त्रको मुकुट सहजै शिरमा चढ्छ र हाम्रा नेताजन सहजै सत्ताच्युत् हुन्छन्। मानौँ, मृत राजतन्त्रको पुनः रजगज हुन्छ र लोकतन्त्र सहजै लुप्त हुन्छ  तब त, भूपू राजाका बेलाबखतका यस्ता कथनमा लोकतन्त्रबाहक नेताजन सशङ्कित हुन्छन् र तर्सिरहन्छन्।

बेला–बेला हाम्रो इतिहास बनिसकेका नरेश ज्ञानेन्द्र शाह अनेक मुद्रामा देखिने चेष्टा गर्छन्। सायद, सत्ताको स्वादमा क्रुरताले भरिपूर्ण महाराज बन्ने उनको धोकोले पूर्णता पाएको थिएन कि! नागरिकको हैसियतलाई ठुन्क्याएर प्रजामा झार्ने कला कौशलको तृप्ति सिद्ध भइसकेको थिएन कि! र, मुलुकमा शाहवंशीय राजामध्ये सर्वोत्तम क्षमताको परिचय दिन अझ बाँकी नै थियो कि! तब त यदाकदा उनको अन्तर्मनले भन्दो हो, ‘म राजा हुँ नि। मेरो महत्व र आवश्यकता यो मुलुकलाई छ नि। राष्ट्रियताको जगेडा र जगेर्ना गर्ने नरेश–वंशावलीमा म अझै जिउँदै छु, मरिसकेको त छैन नि।’
मुलुक लोकतन्त्रको अभ्यास र संघीय गणतन्त्रको कसरतमा अघि बढेको छ। वंशाणुक्रमका अनेक शासनबाट गुज्रिएर मुलुक बल्ल बामे सर्न खोज्दैछ। जनताको जगमा टेकेर मुलुकले यो संसारमा बल्ल शिर ठाडो पार्न प्रयास गर्दैछ। मुलुकका निम्ति यो समय अति कमजोर र संवेदनशील त हो नै। तर, यो कमजोरी र संवेदनशीलताको फाइदा लिने चेष्टा हो भने, हेक्का राख्नुस् महाराज, शास्त्रीय ज्ञान, अर्ति र नैतिकताको धारले प्रस्ट भन्छ, जनताको शक्तिद्वारा जब माथको मुकुट उत्रन्छ तब राजाको स्वतः मृत्यु हुन्छ। ऊ एउटा इतिहास बनेर बस्छ। र, त्यो बेला जिउँदै छु नि, भनेर आफ्नो भौतिक शरीरलाई नियाल्दा गुमिसकेको केही पनि प्राप्त हुँदैन।

इतिहासको गर्तमा प्रविष्ट राजतन्त्रको मुकुट नेपाली जनताले नै उतारेका हुन्। दुनियाँ साँक्षी छ, अढाइ करोड नेपालीका हातले राजाको मुकुट उतारेर अकाट्य रुपमा रचेको इतिहासको। दुई सय चालीस वर्षको कालखण्डभित्र नेपालीहरू राज–मुकुटमुनि कक्रिएर बसे र निमुखा प्रजा बनेर बिताए। यो खेर गएको समय चानचुने समय होइन। स्वतन्त्रता र स्वाभिमान, समावेशी र सामूहिकता, समृद्धि र विकास, लोकतन्त्र र अग्रगमन तथा हक र अधिकारका लागि पनि यो चानचुने कुरो होइन। तब त, नेपाली जनताले ठाने, अब आइन्दा त्यो मुकुटको स्थान ज्ञानेन्द्र शाहको माथ होइन। बरु, लोकतान्त्रिक पद्धति र विधिमा विश्वास राखेर रचना गरिएको इतिहास पो हो। र, त्यो मुकुटको स्थान, प्रजा बनाएर खुम्चयाउने कुत्सित माथभन्दा नागरिकको सटिक स्थान प्रदान गरेर गतिशील बनाउन सक्ने विवेकशील स्थान पो हो।

ज्ञानेन्द्र शाह को थिए, को हुन् र के भए भन्ने कुरो इतिहासको एउटा गाथा हो। इतिहासमा उनी एक राजा थिए। वर्तमानमा उनी एक नागरिक हुन्। इतिहासमा शक्तिकेन्द्रका स्थानमा उनको मुकुटधारी शिर ठाडो थियो। त्यो उनको अहोभाग्य थियो। वर्तमानमा नागरिकसरह उनको मुकुटहीन शिर ठाडै छ। यो हामी नेपाली जनताको अहोभाग्य हो। इतिहासमा नेपाल हाँक्न उनको शक्तिकेन्द्र सक्रिय बनेको थियो। त्यो राजतन्त्र थियो। 

वर्तमानमा लोकका निम्ति लोकले नै रोजेर ल्याएको शासन पद्धति छ। यो लोकतन्त्र हो। र, इतिहासमा उनी पढिन्छन्, मनन र मन्थन गरिन्छन्। तर, वर्तमानमा लोकको शक्ति, सत्ता र सामथ्र्यलाई प्रयोगमा ल्याइन्छ। र त, यो लोकतन्त्र नै हो। त्यसैले, हाम्रा नेताजनलाई हेक्का राख्न आग्रह छ, लोकतन्त्र तिम्रो गनीमत होइन। जुन खाई पचाएर तिमी यहाँ बारबार तर्सिनु परोस्। र, लोकले कष्टसाध्य हातपारेको यो लोकतन्त्र तिम्रो निःकृष्ट चक्रिय प्रणालीको आहाल पनि होइन। बरु, लोकतन्त्र त देश र जनताको समुन्नति सिद्धान्तको एक असल मार्ग पो हो। सौर्य ऊर्जाझैं यो लोकमतबाट प्राप्त हुने विशाल शक्ति पनि हो। यसको सदुपयोगमा प्रयोग हुने विधि र नियत बदल, बस्। 
 

 

More form the Internet

loading...