Suvadin, Home

बाँदरले हरिणसँग जबर्जस्ती गर्न खोज्दा ...

वैज्ञानिकहरूले एउटा यस्तो भिडियो फुटेज भेटाएका छन्, जसलाई देखेर सारा विश्व चकित परेको छ। अहिलेसम्म यस्तो दुर्लभ दृश्य फेला परेकै थिएन। मकाउ जातको एउटा बाँदरले हरिण (मृग) लाई जबर्जस्ती सम्भोग प्रयास गरिरहेको फुटेजले सोधकर्ता आफैं हैरान भएका हुन्।

काठमाडाैं, पुस २८


वैज्ञानिकहरूले एउटा यस्तो भिडियो फुटेज भेटाएका छन्, जसलाई देखेर सारा विश्व चकित परेको छ। अहिलेसम्म यस्तो दुर्लभ दृश्य फेला परेकै थिएन।

मकाउ जातको एउटा बाँदरले हरिण (मृग) लाई जबर्जस्ती सम्भोग प्रयास गरिरहेको फुटेजले सोधकर्ता आफैं हैरान भएका हुन्।

सन् २०१५ नोबेम्बरको उक्त फुटेज अहिले सार्वनिक भएको छ। दृश्यमा मकाउ बाँदरले मृगसँग त्यस्तो प्रयास गरेको देखिन्छ। नोबेम्बर महिना बाँदरहरूको प्रजनन् समय मानिन्छ। सुरूमा बाँदरलाई मृगको साथमा खेल्दै गरेको र पछि उसको पिठ्युँमा चढदै गरेका दृश्य खिचिएका हुन्। यस्तो पहिलो पटक देखिएको वैज्ञानिकहरूको दाबी छ।

दुई वटा अलग-अलग प्रजातिका बीचमा यस्तो शारीरिक सम्बन्धलाई असमान्य रुपमा लिने गरिन्छ। त्यसैले वैज्ञानिकहरू त्यसको कारण खोजीमा जुटिसकेका छन्। यसबारेको एउटा रिपोर्ट हालै ‘प्राइमेट्स जर्नल’मा समेत प्रकाशित भएको छ। सोधकर्ता अलेक्जेण्डर बोनेफायले भनेका छन्, ‘बाँदर पहिला मृगमा चढ्यो र सम्भोग गर्नेजस्तो व्यवहार प्रदर्शित गर्यो। १० सेकेन्डमा १५ पटक यस्तो व्यवहार गरेकाले त्यो शारीरिक सम्बन्धकै लागि गरेको जस्तो देखिन्छ। (एजेन्सीको सहयोगमा)

 


 

More form the Internet

loading...