Suvadin, Home

राजधानीका दुई लाख विद्यार्थी स्कुल जान पाएनन्

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरूद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको जनवर्गीय संगठनले गरेकाे बन्दका कारणा राजधानीका दुई  लाख विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्। सुरक्षाको कारणले बिहीबार बिहान विद्यालयका गाडी सञ्चालन नहुँदा उपत्यकाका  विद्यार्थी पठन-पाठनबाट बञ्चित भएका हुन्। 

शुभदिन संवाददाता

काठमाडाैं, पुस ७

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरूद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको जनवर्गीय संगठनले गरेकाे बन्दका कारणा राजधानीका दुई  लाख विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्। सुरक्षाको कारणले बिहीबार बिहान विद्यालयका गाडी सञ्चालन नहुँदा उपत्यकाका  विद्यार्थी पठन-पाठनबाट बञ्चित भएका हुन्। 

निजी विद्यालय अर्गनाइजेशन(प्याब्सनका) अध्यक्ष लक्ष्यबहादुर केसीका अनुसार विद्यालय जाने सक्ने र विद्यालयभित्र शान्तिपूर्ण रुपमा पठन-पाठन गराउने वातावरण नभएकाले निजी विद्यालय बन्द गरिएको हाे। उपत्यकाका निजी विद्यालयमा दुई लाख विद्यार्थी अध्ययनरत् छन्।

निजी विद्यालयसँगै सरकारी विद्यालय पनि बन्द छन्। जिल्ला शिक्षा कार्यालय ललितपुरका स्रोत व्यक्ति सत्यनारायण महर्जनका अनुसार सरकारी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकोमा बिहीबारको बन्दले परीक्षा  सारिएको छ।

विद्यालय बन्द भए पनि राजधानीको जनजीवन भने सामान्य छ। सडकमा गाडीहरु सञ्चालनमा रहेका छन् भने पसल र कार्यालय पनि खुलेका छन्। बन्द गराउँदै हिँड्ने चन्द समूहका १४ जना कार्यकर्तालाई बिहीबार बिहान प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रवक्ता प्रद्युम्न कार्कीले पक्राउ गरिएका कार्यकर्तालाई उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा राखिएको बताए। बन्दका क्रमा कुनै तोडफोड तथा आगजनीका घटना नभएको उनले बताए। 


 

More form the Internet

loading...