Suvadin, Home

नाै खेलाडीमा सीमित बिल्बाओले मेसीप्रेरित बार्सिलाेनालार्इ हरायाे

काेपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएकाे खेलमा बार्सिलाेनाले ९ खेलाडीमा सीमित एथ्लेटिकाे बिल्बाअाेलार्इ पनि पराजित गर्न सकेन। उल्टै बिल्बाअाे बार्सिलाेनालार्इ २-१ ले मात दिएकाे छ। 
हारपछि निरास मुद्रामा मेसी।

काठमाडाैं, पुस २२


काेपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएकाे खेलमा बार्सिलाेनाले ९ खेलाडीमा सीमित एथ्लेटिकाे बिल्बाअाेलार्इ पनि पराजित गर्न सकेन। उल्टै बिल्बाअाे बार्सिलाेनालार्इ २-१ ले मात दिएकाे छ। 

उपाधि दाबेदार टाेली मानिएकाे लिअाेनल मेसी प्रेरित बार्सिलाेनालार्इ बिल्बाअाेले चार वर्षपछि मात्र पराजित गरेकाे हाे। यस अवधिमा भएका अन्य सबै खेलमा बार्सिलाेना हावी हुँदै अाएकाे थियाे। बार्सिलाेनामाथि जित निकाल्ने क्रममा बिल्बाओका आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरे।

पहिलाे हाफकाे  २५ औं मिनेटमा आडुरिजले गरेकाे गाेलकाे तीन मिनेटपछि अर्थात् २८ औं मिनेटमा विलियम्सले गोल गरे। उनीहरूद्वयकाे गाेलका मदतले घरेलु टोली बिल्बाओले पहिलाे हाफमा २-० को अग्रता लियो। 

दाेस्राे हाफमा भने बार्सिलाेना अाक्रमक देखियाे। ५२ औं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काए। त्यसपछि अन्य गाेल हुन सकेन। खेलकाे ७४ औं मिनेटमा राउल गार्सिया तथा ८० औं मिनेटमा आन्द्रे टुरास्पे दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ ९ खेलाडीमा सीमित भए पनि बार्सिलाेनाले त्यसकाे फाइदा लिन सकेन।


 

More form the Internet

loading...