Suvadin, Home

९० मिनेटमा मेसीले गाेल गरेपछि हारबाट जाेगियाे बार्सिलाेना

स्पेनिस ला लिगा अन्तर्गत अाइतबार राति भएकाे खेलमा भिल्लारियलविरूद्ध अन्तिम मिनेटमा लिअाेनल मेसीले फ्रिकिक गाेल गरेपछि बार्सिलाेना हारबाट जाेगिएकाे छ। मेसीकाे गाेलसँगै दुबै टिमले १–१ काे बराबरी खेलेका छन्। 
गोलपछि खुसी मनाउँदै लुइस स्वारेज, मेसी र नेइमार।

काठमाडाैं, पुस २५


स्पेनिस ला लिगा अन्तर्गत अाइतबार राति भएकाे खेलमा भिल्लारियलविरूद्ध अन्तिम मिनेटमा लिअाेनल मेसीले फ्रिकिक गाेल गरेपछि बार्सिलाेना हारबाट जाेगिएकाे छ। मेसीकाे गाेलसँगै दुबै टिमले १–१ काे बराबरी खेलेका छन्। 

पहिलाे हाफकाे खेल बराबरीमा ट्रंगिए पनि दाेस्राे हाफकाे ४ मिनेट नवित्दै गाेल गर्दै निकोला सानसोनेले भिल्लारियललार्इ सुरूवाती अग्रता दिलाए। त्यसपछि खेलमा फर्कन बार्सिलाेनाले निकै संघर्ष गर्नुपर्याे।  खेलकाे ९० मिनेटमा मेसीले फ्रि-किकमार्फत गाेल गर्दै बार्सिलाेनालार्इ हारबाट जाेगाएका हुन्। खेल बराबरी भएपछि भिल्लारियलका  जाउमे कोस्टा दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाेड्नु परेकाे थियाे।

बराबरीपछि बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा ५ अंकले पछाडि परेको छ ।रियालले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ। १६ खेलमा रियलको ४० अंक छ भने दोस्रो स्थानको सेभियाको ३६ र बार्सिलोनाको ३५ अंक छ।

 

 

More form the Internet

loading...