Suvadin, Home

राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

अहिले एमाले मोरङ जिल्ला अधिवेशनको गरमागरम चलिरहेको छ। पार्टीको जिल्ला कमिटीको चुनाव भए पनि केन्द्र हल्लिएको छ, गोल्छा प्रकरणले। राजलक्ष्मी प्रकरणमा कुन नेताले कति पैसा राजलक्ष्मीबाट लगेका थिए, हिसाब–किताब शुभदिनलाई प्राप्त भएको छ।
राष्ट्रपति भण्डारी।

Author's Commentary

राजलक्ष्मी गोल्छालार्इ समानुपातिक सूचीमा सिफारिस गरेदेखि नै मैले अार्थिक लेनदेनको शंका उठाएर लेखिरहेको छु। एमाले मोरङले गठन गरेको छानविन समितिबाट प्राप्त भएको विवरण, कुराकानी तथा खोजबाट यो सामग्री तयार भएको छ। राष्ट्रपतिमाथि अारोप लागेको छ, उनले यो अारोपबाट मुक्त हुन पर्छपर्दैन?

Khilanath Dhakal |

 काठमाडौं, पुस २७


२०७२ कात्तिक १ गते एमाले स्थायी समिति बैठकले सांसद राजलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्यो। 

हैसियतअनुसार सांसदले निर्वाह गर्नुपर्ने संसदीय भूमिका, पार्टी सक्रियतामाथि प्रश्न सोझ्याउँदै एमालेले उनलाई हटाउन खोजेको थियो। अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित हुँदासम्म संसदमा नआएपछि एमाले गोल्छासँग रिसाएको थियो।

प्रधानमन्त्री निर्वाचनका बेला आफू दिल्लीमा उपचारका लागि गएको जानकारी दिँदादिँदै कारबाही गर्न खोजेको भनेर गोल्छा झोकिइन्। एमालेले सांसद गोल्छालाई हटाउने हैन, गोल्छाले उल्टै पार्टी र नेताको चरित्र पतन हुने गरी सातो लिइन्। 

पत्रकार सम्मेलन गरेरै उनले कुन नेताले कति पैसा लगे हिसाब-किताब सार्वजनिक गरिदिन्छु भनेपछि एमालेको मुख बन्द भयो। न उनलाई हटाउन सक्यो न त्यस प्रकरणको छानविन नै गर्न सक्यो। 

नेताहरूले गोल्छाबाट पैसा लगेको कुराले सनसनी मच्चायो। राष्ट्रपति विद्यादेवी भण्डारीसहित वरिष्ठ नेताहरूले पैसा लगेको सूची नै सार्वजनिक गरिदिने चेतावनी दिएपछि राजलक्ष्मीसँग एमाले डराएको थियो। 

‘यति गम्भीर विषय सार्वजनिक भएपछि केन्द्रबाट छानविन गरिनुपर्थ्यो तर भएन,’ एमाले मोरङ जिल्ला कमिटी सदस्य पारूल क्षेत्री भन्छन्, ‘तर, हामीले त छानविन गरेर देखाइदिएका छौं।’ 

केन्द्र नबोलेको राजलक्ष्मी प्रकरण नेकपा एमाले मोरङ जिल्ला कमिटीको दसौं पूर्ण बैठकमा उठ्यो। केपी ओली पक्षधरहरूले रोक्न खोजे पनि माधवकुमार नेपाल-झलनाथ खनाल समूहले बैठकमा एजेन्डा बनाए। 

नेताहरूले गोल्छाबाट पैसा लगेको कुराले सनसनी मच्चायो। राष्ट्रपति विद्यादेवी भण्डारीसहित वरिष्ठ नेताहरूले पैसा लगेको सूची नै सार्वजनिक गरिदिनेपछि राजलक्ष्मीसँग एमाले डराएको थियो। 

२०७२ पुस २२ गतेको उक्त बैठकले छानविन समिति गठन गर्यो। उपाध्यक्ष चन्द्रबीर राईको संयोजकत्वमा जिल्ला सदस्य ताराबहादुर काफ्ले, रामलाल साह, मानबहादुर श्रेष्ठ, पारुल क्षेत्री र संगीता दाहाल रहेको समिति गठन गरेको थियो। त्समितिले छानविन त गर्यो तर छानविन प्रतिवेदन बनाएर सार्वजनिक गर्ने हिम्मत गरेन।

छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको कारण थियो, जुन समूहले त्यो एजेन्डा बनाएका थिए, त्यही समूहका वरिष्ठ नेताहरू राजलक्ष्मी प्रकरणमा ‘बदनाम’ भेटिए। 

समितिका एक सदस्यका अनुसार गोल्छासहित त्यस प्रकरणमा मुछिएका नेताहरूलाई भेटेर छानविन गरिएको थियो। छानविनका क्रममा पार्टीका केही नेताले पैसा लगेको प्रमाण फेला परेको हो। 

अहिले मोरङमा एमाले जिल्ला अधिवेशनको गरमागरम छ। पार्टीको जिल्ला कमिटीको चुनाव भए पनि केन्द्र हल्लिएको छ, गोल्छा प्रकरणले। राजलक्ष्मी प्रकरणमा कुन नेताले कति पैसा राजलक्ष्मीबाट लगेका थिए, हिसाब-किताब शुभदिनलाई प्राप्त भएको छ। 

‘अनधिकृत रुपमा आर्थिक रकम उठाउनेमा त वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि आयो, छक्क पर्यौं,’ ती सदस्यले शुभदिनलाई भने।

रार्इका अनुसार जिल्ला समितिले समिति गठन गरेपछि गोल्छासँग वयान लिइयो। ‘तर, कहिले नभ्याउने कहिले के भएर सूक्ष्म ढंगले त अनुसन्धान भएन, उहाँले दिएको विवरणका अाधारमा मैले ड्राफ्ट बनाएको थिएँ,’ रार्इले भने, ‘अहिले त्यही ड्राफ्ट चर्चामा अाएको हो।’

छानविनका लागि ‘पर्याप्त समय’ पनि नभएकाले प्रतिवेदन बनाउन नसकेको उनले दाबी गरे। ‘बाधा अवरोध भएको त हैन, पार्टीका ठूला नेता जिल्ला कमिटीका साथीहरूसँग खासै कुरा पनि भएन, दिनेले दिन पाउँछ, लिनेले लिन पायो, संस्थागत भएन भन्ने कुरा मात्र हो।’ 

अहिले मोरङमा एमाले जिल्ला अधिवेशनको गरमागरम छ। पार्टीको जिल्ला कमिटीको चुनाव भए पनि केन्द्र

हल्लिएको छ, गोल्छा प्रकरणले। कुन नेताले कति पैसा राजलक्ष्मीबाट लगेका थिए, हिसाब-किताब शुभदिनलाई

प्राप्त भएको छ। 

राजलक्ष्मीबाट पैसा लिनेमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सचिव गोकर्ण विष्ट, जिल्लाका पूर्वअध्यक्ष विनोद ढकाल, सचिव एवम् सांसद ऋषिकेश पोखरे, गुन्डा नाइके पर्शुराम बस्नेतमार्फत युवा संघसहितको नाम फेला परेको छ। 

समितिfका संयोजक राईका अनुसार राष्ट्रपति भण्डारी (तत्कालीन एमाले उपाध्यक्ष)ले २५ लाख, विनोद ढकालले २५ लाख, ऋषिकेश पोखरेलले १० लाख, सुमन प्याकुरेलले ५० लाख, गंगाधर तुलाधरले १२ लाख, चण्डीप्रसाद राईले पाँच लाख, भूपाल राईले ६२ लाख, गोकर्ण विष्टले १० लाख, गुरु बरालले ५५ हजार ५ सय र पार्टीका नाममा १ करोड ६५ लाख गरी करिब ४ करोड रुपैयाँ आर्थिक सहयोग लिखित रुपमा गोल्छाबाट लिएको देखिन्छ। 

अन्य नेता तथा कार्यकर्ताहरूले पटक-पटक गरेर करिब ७ करोड रुपैयाँ आर्थिक  सहयोग गरेकोे छानविन समितिलाई गोल्छाले बताएकी थिइन्। गोल्छाको वयानका आधारमा छानविन समितिले टिपोट गरेको सूची हेर्नुहोस् :

छानविनका क्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले जिल्ला अध्यक्ष महेश रेग्मीको रोहबरमा टेलिफोन गरी गोल्छासँग दुई करोड रुपैयाँ पार्टीलाई सहयोग मागेको उल्लेख छ।  छानविन समितिको सल्लाहमा आर्थिक सहयोग लिने केन्द्रीय नेताहरूलाई केन्द्रीय समिति र जिल्ला तहमा जिल्ला कमिटीमै लिएको रकम बुझाउन सुझावसहित पत्र काटिएको दाबी एमाले मोरङले गरेको छ। तर, त्यसको

राजलक्ष्मीसँग पैसा लिएका नेता विनोद ढकाल जिल्ला अधिवेशनमा अध्यक्ष लड्दैछन्, खनालको रोहवर बसेका रेग्मीका प्रतिद्वन्द्वी भएर ढकाल अध्यक्ष लागिरहेका हुन्। रेग्मीपक्षले गोल्छा प्रकरण उठान गरेको छ। गुन्डा नाइके पर्शुराम बस्नेतलगायत आपराधिक पृष्ठभूमिका व्यक्तिलाई ढकाल पक्षले पार्टीमा संरक्षण गर्ने गरेको आरोप रेग्मीपक्षले लगाएको छ। हुन पनि राज्यले कारबाही गरिरहँदा बस्नेतलाई एमालेले छहारी दिइरहेको छ। 

राजलक्ष्मी प्रकरणमा सबैभन्दा बढी दोषी उनै ढकाल देखिएको दाबी गरिएको छ। दोस्रो संविधानसभा चुनावताका पार्टी कार्यालयमा प्रचार-प्रचार समितिको सचिवालय हुँदाहुँदै ढकालले छुट्टै समानन्तर समिति बनाएर आफुखुसी पैसा उठाएको रार्इ नेतृत्वको छानविन समितिले पत्ता लगाएको छ। ‘तर, पार्टीलाई  कुनै जानकारी नगराएकोे पाइयो,’ राईले भने। 

गोल्छाबाट ढकालले पटक-पटक गरेर एक करोड रुपैयाँ लिएको बुझिएको छानविन समितिले जनाएको छ। ‘हामीले सबै विवरण जिल्ला समितिलाई बुझाएका थियौं र सम्बन्धित व्यक्तिलाई पत्र काटेका थियौं, तर त्यतिकै सेलायो,’ छानविन समितिका एक सदस्यले भने। 

पार्टीको जिल्ला समिति बैठक र कार्यकर्ता तहमा निकै आलोचित भई विवादित बनेको  करौंडौको आर्थिक लेनदेन प्रकरण गुचचुप राखिएपछि जिल्ला तहमा असन्तुष्टि बढेको छ। बुधबार एमाले मोरङको निर्वाचन हुँदैछ। बन्दसत्रमा राजलक्ष्मी प्रकरण कसैले पनि नउठाएपछि ‘गुपचुप’ बनेको छ। 

जिल्ला अध्यक्ष रेग्मीले पार्टी र बाहिर पनि आलोचित बनेको गोल्छा प्रकरणमा छानविन समितिको सुझावलाई सम्बन्धित व्यक्तिले अटेर गरेको बताएका छन्। ‘समितिले नाम आएका व्यक्तिलाई चिठी लेख्यो, मौखिक रुपमा पनि हिसाब-किताबसहित स्पष्टीकरण पार्टीमा दिन भन्यौं,’ उनले भने, ‘केन्द्रीय तहमा पनि ध्यानाकर्षण गराएका छौं, जिल्ला अधिवेशनमा त्यो मुद्दामा छलफल हुन्छ।’ 

गोल्छाले पति स्व. महेन्द्र गोल्छा स्मृति प्रतिष्ठानबाट नेकपा एमालेलाई राम्रै सहयोग गरेको तथ्य यसअघि नै फेला परेको थियो। महाभूकम्पका बेला राहत तथा औषधि उपचारका निम्ति गोल्छाले ७/८ करोड खर्च गरेको बताएकी थिइन्।

गोल्छाले महाभूकम्पका बेला विभिन्न मितिमा झन्डै पाँच करोड रुपैयाँको राहत सामग्री र औषधि खरिद गरेको प्रमाण भेटिएको थियो। गोल्छा प्रतिष्ठानले जोगबनी भन्सार नाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ठूलो परिमाणमा सामग्री र औषधि खरिद गरेको देखिएको थियो।

मोरङ प्रशासनको रेकर्डअनुसार महेन्द्र गोल्छा स्मृति प्रतिष्ठानका नाममा अनुमानित पाँच करोडको सामग्री आएको छ। त्यतिबेला विदेशबाट आएको सामग्रीमा भन्सार छुट दिइएको थियो। राहत, औषधि र पुनःनिर्माणमा जुटेको जनवर्गीय संगठनले ठाउँ-ठाउँका भूकम्पपीडितकहाँ पुर्याएको थियो।

गुन्डागर्दीमार्फत अकुत कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणमा मुद्दा खेपिरहेका पर्शुरामले पनि युवा संघको कार्यक्रम नाममा धेरै पैसा लगेको गोल्छाले पत्रकार सम्मेलन गरी बताएकी थिइन्। युवा संघको कार्यक्रम तथा हिँडडुलको लागि पचास हजारका दरले पर्शुरामले धेरैपटक पैसा लगेको गोल्छाले बताएकी थिइन्।


 

More form the Internet

loading...