Suvadin, Home

संविधान कार्यान्वयन जटिल : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालले संविधान कार्यान्वयन गर्न फलामको च्यूरा चपाएसरह हुने टिप्पणी गरेको छ। पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधानमा धेरै अन्तरविरोधी प्रावधान रहेको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजान कठिनाई हुने बताएका हुन्।
बाबुराम भट्टरार्इ।

काठमाडौं, पुस २५


नयाँ शक्ति पार्टी नेपालले संविधान कार्यान्वयन गर्न फलामको च्यूरा चपाएसरह हुने टिप्पणी गरेको छ।

पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधानमा धेरै अन्तरविरोधी प्रावधान रहेको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजान कठिनाई हुने बताएका हुन्।

काठमाडौंमा आयोजित संविधान संशोधन आवश्यकता विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै भट्टराईले संविधान अपूरो रहेको स्पष्ट पार्दै यसलाई सके पुनर्लेखन नभए संशोधन गर्दै लैजानुको विकल्प नरहेको पनि बताए।

संयोजक भट्टराईले संविधान निर्माणमा सबै समुदायको योगदान रहेकाले उनीहरुको सम्मान हुने गरी संविधान संशोधन गर्नुपर्ने पार्टीको अडान रहेको बताए। उनले परिवर्तनका पक्षधर शक्तिहरु कमजोर भएका बेला संविधान जारी गर्नु परेकाले पनि संविधानमा आन्दोलनकारी शक्तिहरुबीचको सहमतिलाई किटानीका साथ उल्लेख गर्न नसकिने पनि स्वीकार गरे।

 

 

More form the Internet

loading...