Suvadin, Home

बूढीगण्डकी प्रभावितलार्इ पुसभित्रै मुआब्जा

जग्गाधनीबाट मु-आब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

गोरखा, पुस १९


बूढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मु-आब्जा रकम पाउने भएका छन्। 

जग्गाधनीबाट मु-आब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

तीन गाविसमा गरी एक हजार हाराहारीमा मु-आब्जा पाउन योग्य प्रभावित छन्। केही दिनमा मुआब्जा वितरण सुरु हुने बताउँदै शर्माले मुआब्जा रकम जिल्ला प्रशासनको खातामा राख्न बूढीगण्डकी विकास समितिलाई पत्राचार गरिसकिएकाे जनाए। 

मुआब्जाका लागि निवेदन दिएकालाई क्रमशः मु-आब्जा रकम वितरण गर्दै जाने बताइएको छ। मालपोत कार्यालय गोरखा र घ्याल्चोकको सिउरेनीटारस्थित बूढीगण्डकी विकास समितिको कार्यालयमार्फत मुआब्जाका लागि प्रभावितले निवेदन दिइरहेका छन्। 

जिल्ला मुआब्जा समितिले गत मङ्सिर ११ गते जग्गालाई एघार प्रकृतिमा विभाजन गरी पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बूढीगण्डकी प्रभावितले विरोध गर्दै आन्दोलन गर्नुका साथै उचित मुआब्जा दिनुपर्ने भन्दै गृह मन्त्रालयमा पुनरावेदन गराएका छन्। 

मु-आब्जा पुनरावलोकनबारे गृहले अहिलेसम्म कुनै निर्णय गरेको छैन। प्रशासनको खातामा रकम आएपछि धमाधम मु-आब्जा बाँड्ने र गृहले मुआब्जा पुनरावलोकन गरेमा थप हुने मु-आब्जा पछि वितरण हुने उनले बताए। रासस


 

More form the Internet

loading...