Suvadin, Home

लक्ष्मी बैंकको नयाँ अनफिक्सड खाता

लक्ष्मी बैंकले अनफिक्सड डिपाेजिट नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ। ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभ अर्थात् तरलता र उच्च ब्याजदर दुबैप्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरूमाझ ल्याइएको हो।

काठमाडाैं, फागुन १९ - लक्ष्मी बैंकले अनफिक्सड डिपाेजिट नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ। ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभ अर्थात् तरलता र उच्च ब्याजदर दुबैप्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरूमाझ ल्याइएको हो।

अनफिक्सड डिपाेजिट खाताले ग्राहकहरूको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फरमार्फत पठाई दुर्इ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइराख्नु पर्ने वा आवेदन फारम भर्ने झन्झटबिना नै उनिहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ। साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खातातर्फबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने बैंकले जनाएको छ। मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुने दाबी गरिएको छ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरूको लागि प्रारम्भिक वार्षिक ब्याजदर १०% मा उपलब्ध छ। सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले बिहीबार आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदान गर्न सफल भएको छ। तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ सेवाप्रदायकको रुपमा बैंक अगाडि आएको छ। 

आर्थिक वर्ष २०७२/७३ मा ४८.१५ अर्ब निक्षेप र ४०.३६ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रहेको छ। सोही आवमा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। यसका साथै सम्पूर्ण वित्तीय सूचकहरू नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेको बैंकले बताएको छ।


 

More form the Internet

loading...