Suvadin, Home

यसैसाता दुई वटा एयरबस खरिद सम्झौता गर्दै निगम

नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज (वाइड बडी) खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। गत असोजमा ग्लोबल टेन्डर आह्वान गरेको निगमले नयाँ जहाज खरिदका लागि यसैसाता अमेरिकी कम्पनीसँग सम्झौता गर्दैछ। दुई ठूला जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी ‘एएआर कर्पोरेसन’ले प्रस्तावलार्इ निगम सञ्चालक समितिले अनुमोदन गरेपछि दुर्इ पक्षबीच सम्झौता हुन लागेको हो।
निगमले खरिद गर्न लागेको एयरबस।

काठमाडाैं, माघ १४ - नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज (वाइड बडी) खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। गत असोजमा ग्लोबल टेन्डर आह्वान गरेको निगमले नयाँ जहाज खरिदका लागि यसैसाता अमेरिकी कम्पनीसँग सम्झौता गर्दैछ।

दुई ठूला जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनले प्रस्तावलार्इ निगम सञ्चालक समितिले अनुमोदन गरेपछि दुर्इ पक्षबीच सम्झौता हुन लागेको हो।

यसैसाता दुर्इ पक्षबीचमा सम्झौता हुँदैछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शुभदिनसँग भने, ‘एक वर्षभित्र एउटा र त्यसको छ महिनाभित्र अर्को जहाज ल्याउने तयारी हाम्रो छ।

उनका अनुसार सन् २०१७ को मार्चसम्म दुईवटा एयरबस ए ३३०-२२० खरिद गर्ने योजना छ। निगमको बोलपत्रअनुसार झन्डै २३ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको हो। प्रतिविमान दुई वटा रोल्सरोयस ट्रेन्ट ७७२ बीइन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त छ।

एएआरले १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) मा एउटा जहाज बिक्री गर्ने प्रस्ताव गर्दै निगमको ग्लोबल टेन्डर जितेको थियो। यस अनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्ने छ।

यसैसाता दुर्इ पक्षबीचमा सम्झौता हुँदैछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शुभदिनसँग भने, ‘एक वर्षभित्र एउटा र त्यसको छ महिनाभित्र अर्को जहाज ल्याउने तयारी हाम्रो छ।’ 

वाइड बडी जहाज ल्याएर लामो दुरी ९लङ हल० गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजना छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टासम्म उडान गर्न सक्छ।

 

असोज १० गते सार्वजनिक गरेको ग्लोबल टेन्डर मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न इच्छुक देखिएका थिए।

ई वटा एयरबस खरिदका लागि २५ अर्ब ऋणको जमानी बस्न अर्थमन्त्रालय तयार भएपछि निगमनले जहाज खरिद प्रक्रिया थालेको थियो। अर्थ मन्त्रालयले असोजमा औपचारिक रूपमा जहाज खरिद प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयमार्फत पत्राचार गरेको थियो। त्यसअघि अर्थमन्त्री, पर्यटनमन्त्री, सचिवहरू र एनएका महाप्रबन्धहरूबीच भएको सम्झौताअनुसार पर्यटन मन्त्रालयमार्फत एयरबस खरिद अगाडि बढाउन अर्थले पत्राचार गरेको थियो।

वायुसेवा निगमको कार्यतालिका अनुसार असोज महिनाभित्र टेन्डर प्रक्रिया अगाडि बढाउने थियो। ४५ दिने टेन्डर प्रक्रिया सकेपछि सम्बन्धित वायुसेवा कम्पनीसँग औपचारिक सम्झौता हुने र उसले २०७४ असोजभित्रमा पहिलो जहाज अवतरण गराउने गरी कार्य अगाडि बढाउने योजना थियो।

नेपाल वायुसेवा निगमसँग अहिले दुई वटा एयरबस र एउटा बोइङ छ। जहाज अपुग रहेकाले यिनीहरूले लक्ष्यअनुसार उडान भर्न सकेका छैनन्। कंसाकारका अनुसार अहिले दिल्ली, मुम्बई, बैंग्लोर, दोहा, दुबई, बैंकक, हङकङ र क्वालालम्पुर उडान भइरहेको छ। ती दुई एयरबस आइपुगेपछि जापान, दक्षिण कोरिया, साउदी अरब र अष्ट्रेलियामा उडान विस्तार गर्ने योजना छ।

नेपाल वायुसेवा निगमलाई दिल्लीमा १७ ठाउँ उडान भर्ने अनुमति छ, जहाज नहुँदा अहिले तीन ठाउँ मात्र नियमित जहाज गइरहेको छ। यसैगरी, चीनमा ७ ठाउँ अनुमतिमध्ये एक ठाउँमात्र जहाज गइरहेको छ। यो हुनुमा हामीकहाँ जहाज अपुग भएरै थियो, २८ वर्षपछि पोहोर साल बल्ल दुई जहाज खरिद भयो, कहिलेकाहीँ ग्राउन्डेड भए उडान नै स्थगित गर्नुपर्ने समस्या छ,’ कंसाकारले भने।

नेपाल वायुसेवा निगमले तीस वर्षअघि अमेरिकी कम्पनीका दुई वटा बोइङ खरिद गरेको थियो। त्यसमध्ये एसिबी कलसाइन भएको ७५७ बोइङ सञ्चालनमा छ। एसिए-७५७ बोइङ मर्मतका लागि सिंगापुरमा छ। एसिए बोइङ जहाज पुरानो भएकाले बेच्ने योजना निगमको छ। गत साल खरिद गरिएका दुई वटा एयरबस ए-३२० सगरमाथा र लुम्बिनी नियमित उडिरहेका छन्। आन्तरिक उडानमा निगमका पाँच जहाजमध्ये चार वटा उडिरहेका छन्। एउटा ट्वीनअटर जहाज ग्राउन्डेड छ। आन्तरिक उडानका लागि यसैसाता निगमले चीनबाट ए-६० जहाज ल्याइसकेको छ।

 


 

More form the Internet

loading...