Suvadin, Home

काठमाडौंमा दक्षिण एसियाली किसान सम्मेलन

काठमाडौंमा विहीवारबाट दक्षिण एशीयाली किसान सम्मेलन सुरु भएको छ। खाद्य सम्प्रभुता र किसान अधिकारका लागि साझा धारणा तय गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका नाममा किसानलाई बिचल्ली बनाउने अभियान सुरू गरिएको उल्लेख गर्दै सचेत रहन आग्रह गरेका छन्।

काठमाडौं, माघ २०- काठमाडौंमा बिहीबारबाट दक्षिण एसिब्याली किसान सम्मेलन सुरु भएको छ। खाद्य सम्प्रभुता र किसान अधिकारका लागि साझा धारणा तय गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका नाममा किसानलाई बिचल्ली बनाउने अभियान सुरू गरिएको उल्लेख गर्दै सचेत रहन आग्रह गरेका छन्।

‘उर्वर भूमिलाई हाउजिङको नाममा मास्ने काम दक्षिण एशीयाभर भईरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसलाई जोगाउन सबै पक्ष मिलेर अघि बढनुपर्छ।’ अध्यक्ष ओलीले कृषिमा आधारित उद्यमहरू स्थापना गर्नुपर्नेमा पनि जोड दिए।

कृषिमा आधारित उद्योग स्थापना गरिए परनिर्भरता घटने र समृद्धिको दिशामा अघि बढन सकिने ओलीको धारणा छ। उनले कृषिमा आधारित उद्यम स्थापना गरेर मात्रै कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने सकिने पनि स्पष्ट पारे। सम्मेलनमा दक्षिण एसियाका पाँच देशका १५ जना प्रतिनिधिहरु र विभिन्न किसान संगठनका ५० जना सहभागी छन्।

सम्मेलनले किसानहरूको साझा मुद्दालाई पहिचान गरी समाधानका उपाय निकाल्ने विश्वास गरिएको छ। खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमिअधिकार तथा किसान अधिकारका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सम्मेलन उपलब्धिमूलक हुने आयोजक अखिल नेपाल किसान महासंघले जनाएको छ।


 

More form the Internet

loading...