Suvadin, Home

विराट कृषि तथा औद्योगिक मेला हुँदै

मोरङको विराटनगरमा फागुन ११ गतेदेखि १७ गतेसम्म विराट कृषि तथा औद्योगिक मेला आयोजना हुने भएको छ। कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन, प्रविधि र बजारीकरणबारे जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको हो।

विराटनगर, माघ २३ - मोरङको विराटनगरमा फागुन ११ गतेदेखि १७ गतेसम्म विराट कृषि तथा औद्योगिक मेला आयोजना हुने भएको छ। कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन, प्रविधि र बजारीकरणबारे जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको हो।

स्थानीय कृषि, पर्यटन, उद्योग र व्यापारबारे जानकारी गराउन मेला आयोजना गरिएको उद्योग संगठन मोरङका महानिर्देशक सोम अधिकारीले जानकारी दिएका छन्। संगठनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाले पूर्वाञ्चल क्षेत्रको आर्थिक समृद्धिको मूल आधार तयार पार्ने विश्वास व्यक्त गरेको छ।

मेलामा स्वदेशी र विदेशी गरी २ सय ३९ वटा स्टल राख्ने तयारी पनि गरिएको छ। मेलामा भारतको विहार र पश्चिम बंगालले स्टक बुकिङ गरी सकेको आयोजकले जनाएको छ। ३ लाखभन्दा धेरैले मेला अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ।

रोजगारी मेला, बाल उद्यान, खानाको विभिन्न परिकार,  अन्तर्राष्ट्रिय उत्पादनलाई मेलाको मुख्य आकर्षण रहेको पनि बताइएको छ।


 

More form the Internet

loading...