Suvadin, Home

पूर्वाञ्चल महोत्सवमा तीन करोडको कारोबार

झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा रु तीन करोड बराबरको कारोबार भएको छ। नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले बताएका छन्।
पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवकाे प्रचार सामग्री ।

झापा, फागुन २२ - झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा रु तीन करोड बराबरको कारोबार भएको छ।

नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले बताएका छन्।

झापासहित इलाम, मोरङ, पोखरा, धादिङ तथा भारतका विभिन्न स्थानबाट दैनिक चार सयभन्दा बढीले महोत्सव अवलोकन गरेको उनले बताएका छन्। महोत्सव उत्साहजनक नभए पनि निराशाजनक पनि नरहेको झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले बताएका छन्।

महोत्सवले नेपालको पुरानो नगरी भद्रपुरको आर्थिक समृद्धि र विकासमा सहयोग पुर्याएको स्थानीयवासी आदित्य पौडेलले बताए। फागुन १२ गतेदेखि सुरु भएको महोत्सव २१ गते सम्पन्न भएको छ। रासस 


 

More form the Internet

loading...