Suvadin, Home

विकासका लागि वित्तीय सुधार अावश्यकः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल । फाइल तस्विर

धनगढी, फागुन १४


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थाको सुधार हुनु आवश्यक रहेको बताएका छन्। कैलालीको अत्तरियामा अायाेजित वित्तीय साक्षरता अभियानमा उनले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताएका हुन्। 

मिडिया इन्टरनेशनलको आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिश्रुत थापाले जनचेतना बढाउन यस्तो किसिमको कार्यक्रम सफल रहने बताए। कार्यक्रम स्थलमा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई खाता खोल्नका लागि विभिन्न बैंकको कक्ष राखिएको छ।


 

More form the Internet

loading...