Suvadin, Home

अर्थ मन्त्रालयकाे प्रष्टाेक्ति
गृहले अपेक्षाभन्दा बढी बजेट मागेपछि निकासामा ढिलार्इ

निर्वाचन आयोगले माग गरेको १० अर्ब २९ करोड रुपैयाँ निकासा भइसकेको जानकारी दिँदै मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले शान्ति सुरक्षाका लागि रकम निकासाबारे गृहमन्त्रालयका पदाधिकारीसँग छलफल भइहेको बताएका छन्।
अर्थ मन्त्रालय ।

काठमाडौं, फागुन ३० – स्थानीय तह निर्वाचनका लागि शान्ति सुरक्षाका क्षेत्रमा अपेक्षा गरेभन्दा बढी बजेट माग भएकाले निकासा गर्न ढिलाई भएको अर्थ मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले निर्वाचनको शान्ति सुरक्षाका लागि मागेको करिब ३१ अर्ब रुपैयाँ अपेक्षा गरेभन्दा बढी भएकाले निकासामा समस्या भएको अर्थ मन्त्रालयले जनाएको हो।

निर्वाचन आयोगले माग गरेको १० अर्ब २९ करोड रुपैयाँ निकासा भइसकेको जानकारी दिँदै मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले शान्ति सुरक्षाका लागि रकम निकासाबारे गृहमन्त्रालयका पदाधिकारीसँग छलफल भइहेको बताएका छन्।

दुई वर्षअघि सम्पन्न संविधानसभा निर्वाचनका लागिभन्दा स्थानीय निर्वाचनका लागि बढी बजेट माग भएकाले समस्या भएको मरासिनीको भनाई छ। यद्यपि, बजेट भन्दा निर्वाचन ठूलो भएकाले एकैपटक नभए पनि पटक–पटक गरेर रकम निकासा गर्ने तयारी भइरहेको बजेट महाशाखा प्रमुख मरासिनीले जानकारी दिएका छन्।

गृह मन्त्रालयसँगको छलफलपछि अबको एक दुई दिनभित्रै निर्वाचनका लागि निकासा हुने बजेटबारे टुङ्गो लागिसक्ने अर्थ मन्त्रालयले जनाएको छ।


 

More form the Internet

loading...