Suvadin, Home

संघीयताकै मोडल अनुसारको बजेटः महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीयताकै मोडल अनुसारको बजेट निर्माण गर्ने तयारी सरकारले गरिरहेकाे जानकारी दिएका छन्। अर्थमन्त्रालयको राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आर्थिक वर्ष २०७४/०७५ को बजेटको पूर्वतयारीको छलफलमा बोल्दै आगामी बजेट संघीय ढाँचाको बताएका हुन्।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ।

विराटनगर, चैत १३ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीयताकै मोडल अनुसारको बजेट निर्माण गर्ने तयारी सरकारले गरिरहेकाे जानकारी दिएका छन्।

अर्थमन्त्रालयको राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आर्थिक वर्ष २०७४/०७५ को बजेटको पूर्वतयारीको छलफलमा बोल्दै आगामी बजेट संघीय ढाँचाको बताएका हुन्।

स्थानीय तहको कार्यविधि बन्न ढिलाई हुँदा कस्तो बजेट बनाउने अलमल रहेपनि बजेट संविधानअनुसार गाँउपालिका र नगरपालिकालाई अधिकारयुक्त बनाउन सघाउँ पुग्ने बजेट प्रस्तुत हुने बताएका छन्।

मन्त्री महराले बजेटमा साना मझौला विकास आयोजनाको योजना तर्जुमा र खर्च पनि त्यसैअनुसारको हुने गरी बजेट निर्माण गरिने बताएका छन्। उनले आगामी बजेटमा निजी क्षेत्रको भूमिका र दायित्वलाई राज्यको स्वार्थसँग मिलाएर लैजाने नीति समावेश गर्ने बताएका छन्। 

कार्यक्रममा उद्योगी व्यवसायीले अधिक कर र दोहोरो करका कारण भारतको उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्दा नेपालका उद्योगहरु  कमजोर बन्दै गइरहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा आगामी बजेटमा विराटनगरमा क्षेत्रीय विमानस्थल, प्रदर्शनीमार्ग, चक्रपथ निर्माण तथा कृषिमूखी उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका थिए।


 

More form the Internet

loading...