Suvadin, Home

माछापालनमा युवाको आकर्षण

मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ। सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो ।

 मोरङ, पुस १९ 


मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ। सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो ।

माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ । मोरङ केराबारी९ देवीझोडाकी आशा लिम्बूले पनि भर्खरै माछा पोखरी खनेकी छिन्।

धान खेती गर्दै आएकी उनले आफ्नो जग्गामा धान उत्पादन कम हुने र वनको छेउमा खेत भएकाले वन्यजन्तुले बाली नोक्सान गर्ने हुँदा समस्या झेल्दै आएकी थिइन्। तर माछापालनमा नाफा पनि हुने र सरकारले अनुदान पनि दिने भएपछि उनले व्यावसायिक माछापालन सुरु गरेकी हुन्।

केराबारीकै मञ्जु कार्कीले पनि यसै वर्षदेखि माछापालन सुरु गरिन्। आम्दानी पनि हुने अनि उब्जाउ नहुने जमीनमा पोखरी खनेर माछापालनमा उनी लागेकी हुन्। सरकारले माछापालन कार्यक्रमअन्तर्गत अनुदान दिएपछि किसान अहिले माछापालनमा तानिएका हुन्। धानभन्दा दोब्बर आम्दानी हुने भएकाले माछापालन सुरु गरेको मञ्जुले जानकारी दिए।

सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ जसअन्तर्गत जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन गरेर यस वर्ष ९६ हेक्टर क्षेत्रफलमा पोखरी विस्तार गर्ने लक्ष्यअनुसार किसानलाई अनुदानमा पोखरी खन्ने कामले तीव्रता पाएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ।


 

More form the Internet

loading...