Suvadin, Home

१० वर्षमा मुलुक कृषिमा आत्मनिर्भरः चाैधरी

कृषि मन्त्रालयले सबै जिल्लाको उत्पादनको लागत हेरी कृषिलाई व्यवसायिकरण गर्ने कार्यक्रम तय गरेको उल्लेख गर्दै उनले त्यसलाई कार्वान्वयनमा लैजान मातहतका सबै निकायलाई सचेत पनि गराए। कृषि मन्त्रालयले उत्पादन लागतको आधारमा कृषिको व्यवसायिकीकरण र आधुनिकीकरण गर्ने योजना अघि सार्दै आएको छ।
कृषिमन्त्री गौरीशंकर चौधरी।

काठमाडौं, चैत १० – सरकारले १० वर्षभित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। कृषिमन्त्री गौरीशंकर चौधरीले १० वर्षभित्र कृषिमा आत्मनिर्भर हुनेगरी सरकारले योजना बनाएको स्पष्ट पारेका हुन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमा आत्मनिर्भर हुनेगरी सरकारले बनाएको योजनामा साथ पनि कृषिसँग सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। 

कृषि मन्त्रालयले सबै जिल्लाको उत्पादनको लागत हेरी कृषिलाई व्यवसायिकरण गर्ने कार्यक्रम तय गरेको उल्लेख गर्दै उनले त्यसलाई कार्वान्वयनमा लैजान मातहतका सबै निकायलाई सचेत पनि गराए। कृषि मन्त्रालयले उत्पादन लागतको आधारमा कृषिको व्यवसायिकीकरण र आधुनिकीकरण गर्ने योजना अघि सार्दै आएको छ।

कार्यक्रममा बोल्दै पूर्वगभर्नर डा. युवराज खतिवडाले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन किसानलाई जमिनको मालिक बनाउनुपर्ने आवश्यक्ता औल्याए। उनले जमिनको स्वामित्व किसानसँग नभएकै कारण मुलुक आत्मनिर्भर बन्न नसकेको पनि स्पष्ट पारेका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष खतिवडाले जमिनमाथि किसानको स्वामित्व स्थापित गराउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिएका छन्।


 

More form the Internet

loading...