Suvadin, Home

नवलपरासीमा ५२ अर्बकाे लगानीमा होंसी सिमेन्ट

चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन्। नवलपरासीकाे वेणीमनीपुरमा निर्माण हुँदै गरेको होंसी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ।
सिमेन्ट उत्पादनकाे तयारी हुँदै ।

नवलपरासी, चैत २ - चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन्। नवलपरासीकाे वेणीमनीपुरमा निर्माण हुँदै गरेको होंसी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ।

नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब ३६ अर्ब रुपैयाँ चीनको होङ्सी सिमेन्ट उद्योगले लगानी गरेको छ। उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ।

उक्त उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन्। उद्योगले एक सय १५ विगाह जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो।

थप एक सय ५० विगााह जग्गा खरिद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ। उद्योगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा) प्रयोग हुने सिमेन्ट उत्पादन गर्ने छ। रासस


 

More form the Internet

loading...