Suvadin, Home

नेपालको प्राकृतिक र मेडिकल क्षेत्रमा लगानी गर्न भारत इच्छुक

भारतका अर्थमन्त्री अरुण जेट्लीले नेपालमा जलविद्युत धार्मिक पर्यटन र पूर्वाधारको क्षेत्रमा लगानीको सम्भावना रहेको र भारतले सक्दो लगानी गर्ने पनि बताएका छन्। नेपालमा रेल्वको सम्भावना रहेको त्यसको विकास गरेमा अरु क्षेत्रको पनि साथसाथै विकास हुने उनले बताए।
काठमाडौंमा भएको लगानी सम्मेलनमा मन्तव्य दिँदै भारतका अर्थमन्त्री अरुण जेट्ली। तस्बिर : गोविन्द लुइँटेल

काठमाडौं, फागुन १९ - भारतका अर्थमन्त्री अरुण जेट्लीले नेपालमा जलविद्युत धार्मिक पर्यटन र पूर्वाधारको क्षेत्रमा लगानीको सम्भावना रहेको र भारतले सक्दो लगानी गर्ने पनि बताएका छन्।

नेपालमा रेल्वको सम्भावना रहेको त्यसको विकास गरेमा अरु क्षेत्रको पनि साथसाथै विकास हुने उनले बताए। भारत नेपालको मेडिकल शिक्षा, प्राकृतिक स्रोतको सदुपयोग लगायतका विषयमा पनि आर्थिक रूपमा सहकार्य गर्न चाहेको उनले बताए।

नेपालमा सुरू भएको  दुई दिने लगानी सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले यस्ताे बताएका हुन्। सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन्।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा बिहीबारदेखि सुरू भएको लगानी सम्मेलन  दुई दिनसम्म चल्ने छ। नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो।

२५ वर्षपछि सरकारले बल्ल लगानी सम्मेलनको आयोजना गरेको हो। यस्ता सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताहरूबीच सहकार्य र समन्वय गर्न सहयोग पुग्ने व्यवसायीहरूले बताएका छन्। नेपालमा सम्भावित लगानीका क्षेत्रमा व्यवसायी लगानीकर्ता र सरकारका प्रतिनिधिबीच समस्या चुनौती र अवसरका विषयमा छुट्टछुट्टै छलफलको आयोजना गरिएको छ।  


 

More form the Internet

loading...