Suvadin, Home

ऐन प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन

समितिको शुक्रबार बसेको बैठकले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र सम्बन्धी ऐनका उद्देश्यहरु प्रभावकारी रुपले कार्यान्वयन गर्न–गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। बनेका ऐनहरु कार्यान्वयनमा ल्याएर मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति भिष्मराज आङदेम्बेले जानकारी दिएका छन्। त्यसैगरी समितिले भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्काल विद्युतको व्यवस्था गर्न उर्जा मन्त्रालयसँग समन्वय गर्न पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।
संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिकाे बैठक। फाइल तस्बिर

काठमाडौं, चैत ११ – व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र सम्बन्धी ऐनका उद्देश्यहरु प्रभावकारी रुपले कार्यान्वयन गर्न–गराउन सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र सम्बन्धी ऐनका उद्देश्यहरु प्रभावकारी रुपले कार्यान्वयन गर्न–गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। 

बनेका ऐनहरु कार्यान्वयनमा ल्याएर मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति भिष्मराज आङदेम्बेले जानकारी दिएका छन्। त्यसैगरी समितिले भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्काल विद्युतको व्यवस्था गर्न उर्जा मन्त्रालयसँग समन्वय गर्न पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले सबै इकाईहरुलाई एकै स्थानबाट सेवा प्रवाह गर्ने कानूनी व्यवस्था गर्न पनि उद्योग मन्त्रालयलाई सचेत गराएको छ। उद्योग मन्त्रालयले बनाएको निर्देशिका कार्यान्वयनमा नआएको गुनासो उद्योगी–व्यवसायीहरुले गरिरहेका बेला समितिले सेवा प्रवाहलाई एकै इकाईबाट प्रवाह गर्ने कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराएको हो।

समितिको बैठकमा बोल्दै उद्योग सचिव शंकरप्रसाद कोइरालाले मन्त्रालयले औद्योगिक क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरी नीतिगत, संरचनागत र प्रक्रियागत कामलाई तीव्र गतिमा अघि बढाएको जानकारी दिएका थिए।

बैठकमा समितिका सदस्यहरुले औद्योगिक क्षेत्रको विस्तारमा लागि आवश्यक ऐन–कानुनको परिमार्जन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए।


 

More form the Internet

loading...