Suvadin, Home

सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ। यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक ‘सेमिनार’ गर्न लागेको छ। 
धनगढी सहर।

धनगढी, माघ २१ - ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ। 

यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक ‘सेमिनार’ गर्न लागेको छ। 

गोष्ठीमा यस क्षेत्रमा रहेको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीलगायतका क्षेत्रमा भएका सम्भावनाका विषयमा छलफल हुनेछ। धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य सङ्घका कैलाली अध्यक्ष शङ्कर बोगटीले लगानी दशक सेमिनार ठूला व्यवसायीलाई यस क्षेत्रमा लगानीका लागि आकर्षण गर्न फलदायी हुने विश्वास व्यक्त गरे। व्यवसायी दिनेशराज भण्डारीले पर्याप्त सम्भावना भएर पनि पूर्वाधारको अभावमा यस क्षेत्रमा अहिलेसम्म लगानी भित्रिन नसकेको बताए। 

सेमिनारमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष चण्डिराज ढकाल, महासङ्घा वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा, गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतको सहभागिता रहने बताइएको छ । सुदूरपश्चिममा लगानीमैत्री वातावरण नहुँदा ठूला उद्योग खुल्न सकेका छैनन् भने खुलेका कतिपय उद्योग पनि बन्द भएका छन् । रासस 


 

More form the Internet

loading...