Suvadin, Home
Nepal Life Insurance Ltd.

बन्दको संघारमा जडिबुटी कम्पनी

सुनसरीको तरहरास्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको यस्तो हविगत भएको हो। यो कम्पनीले जीर्ण बन्दै गए पनि त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन। यहाँबाट उत्पादन हुँदै आएको जडिबुटीको परिमाण घट्दै गएको छ। भवन जीर्ण हुँदा भित्र बसेर काम गर्न सकिने अवस्था समेत छैन।

ध्रुव ढकाल सुनसरी, पुस २६


जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी बन्द हुने अवस्थामा पुगेको छ। सरकारी प्राथमिकतामा नपर्दा उत्पादन क्षमता घट्नुको साथै कम्पनीको भौतिक अवस्था पनि लथालिंग बनेको छ।

सुनसरीको तरहरास्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको यस्तो हविगत भएको हो। यो कम्पनीले जीर्ण बन्दै गए पनि त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन। यहाँबाट उत्पादन हुँदै आएको जडिबुटीको परिमाण घट्दै गएको छ। भवन जीर्ण हुँदा भित्र बसेर काम गर्न सकिने अवस्था समेत छैन।

२०५० मा स्थापना भएको यो कम्पनीले पुरा नै परम्परागत प्रविधिमार्फत जडिबुटी प्रशोधन गर्दै आएको छ। कम्पनीलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन सरकारले खासै चासो नदिएको कम्पनीका प्रमुख बखतबहादुर साउदले बताए।

यो कम्पनीले तरहरामा २५ हेक्टर र बेलबारी शाखामा ७० हेक्टर क्षेत्रफलमा जडीबुटी खेती गर्दै आएको छ । कम्पनीले सिटोनेला, लेनमग्रास, पामारोजा, फ्रेन्च वेसिल, मेन्था, क्यामोमाईल, मसलालगायत जातको खेती गर्दै आएको हो।

यी जडिबुटीबाट प्रशोधित झोल औषधी बनाउन, विभिन्न उच्च स्तरका उत्तर तथा परफ्युममा प्रयोग हुन्छ। सुगन्धका लागि उच्च ब्राण्डका पेय पदार्थमा पनि प्रयोग गर्न विदेशमा ठूलो माग छ।

यस्ता जडिबुटीको बजार मूल्य पनि उच्च छ। एक केजीको ४५ हजार सम्म पर्ने कम्पनीका प्रमुख साउदले जानकारी दिए।

वार्षिक ५ मेट्रिक टन उत्पादन लक्ष्य राखेर काम गर्दै आएको कम्पनीका प्रमुख साउदले बताए। तर, यो लक्ष्य अनुसार पनि उत्पादन हुन सकेको छैन। वार्षिक रुपमा ४ मेट्रिक टन सम्म उत्पादन हुँदै आएको छ। मल, बीऊ, सिँचाइको उचित प्रवन्ध गरी खेती गर्न सके दुई शाखामा वार्षिक ८ टन सम्म उत्पादन गर्न सकिने साउदको भनाइ छ। तर, वार्षिक रुपमा उत्पादनको परिमाण घट्दै गएको हो।

अहिले जडिबुटी खेती गर्न जग्गा, सिँचाइ र प्रविधिको अभाव । सरकारले राम्रो प्राथमिकता दिने हो भने यसको व्यावसायिक खेती गरेर राम्रो आयआर्जनको सम्भावना छ।

 

 

More form the Internet

loading...