Suvadin, Home

नेपालमा लगानीकाे प्रशस्त सम्भावनाः उर्जामन्त्री

 ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। मन्त्री शर्माले नेपालमा लगानी गरे प्रशस्त लाभ लिन सकिने पनि स्पष्ट पारेका छन्। नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल लगानीका लागि बाँझो जमिन भएको उल्लेख गर्दै त्यसबाट धेरैभन्दा धेरै लाभ लिन पाउने अवसर गुमाउन नहुने पनि उल्लेख गरेका छन्।
ऊर्जामन्त्री जनार्दन शर्मा ।

काठमाडौं, फागुन २० - ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। मन्त्री शर्माले नेपालमा लगानी गरे प्रशस्त लाभ लिन सकिने पनि स्पष्ट पारेका छन्।

नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल लगानीका लागि बाँझो जमिन भएको उल्लेख गर्दै त्यसबाट धेरैभन्दा धेरै लाभ लिन पाउने अवसर गुमाउन नहुने पनि उल्लेख गरेका छन्।

मन्त्री शर्माले नेपाललाई विकासको रहर र भोक जागेको उल्लेख गर्दै त्यसमा अन्तर्राष्ट्रिय समुदायको ठूलो साथ रहने विश्वास पनि व्यक्त गरेका छन्। ऊर्जामन्त्री शर्माले नेपालको पानी र भूगोल नै आर्थिक समृद्धिको आधार भएको उल्लेख पनि गरेका छन्।

नेपाल सरकारले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै ऊर्जामन्त्री शर्माले नेपालमा लगानी गरेर मुनाफा आर्जन गर्न अब सहज हुने पनि बताएका हुन्।

उनले नेपालमा अहिले तीन हजार ९ सय मेगावट विद्युत निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पनि जानकारी दिए। मन्त्री शर्माले स्वदेशी लगानीलाई आकर्षित गर्न सरकारले नेपालको पानी जनताको लगानीसम्बन्धी अवधारणा अघि सारेको पनि स्पष्ट पारे।

ऊर्जा मन्त्रालयले ८ हजार जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि आवश्यक तयारी पनि सुरु गरेको छ। मन्त्री शर्माले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय आकर्षित हुने विश्वास पनि व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक, रेलमार्ग र रोपवे निर्माणमा सरकारले वैदेशिक लगानी भित्र्याउन चाहेको स्पष्ट पारेका छन्। उनले यातायातको पूर्वाधारको विकासमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको पनि स्पष्ट पारेका छन्।

मन्त्री लेखकले सरकारले ७ सय ५० किलोमिटर लामो राजमार्ग निर्माणको तयारी गरिरहेको जानकारी दिँदै त्यसमा लगानी गर्न आह्वान गरेका छन्। उनले पूर्वाधार निर्माणबाटै आर्थिक गतिविधि तीव्र हुने भएकाले सरकारले सडक निर्माणको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारेका छन्। 
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसमा साथ लिन विदेशी लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।

उनले नेपालको समृद्धि उर्जा क्षेत्रको विकासबाटै सम्भव भएको र लगानीकर्ताहरुलाई पनि यस क्षेत्रले आर्कषण गर्ने विश्वास पनि व्यक्त गरेका छन्। सम्मेलनमा २३ मुलुकका २ सय ७५ जनाभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्।
 


 

More form the Internet

loading...