Suvadin, Home
आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज सेजन र नेशनल बैंकिङ इन्स्टिच्युटबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गरेका छन्।
सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा।

काठमाडौं, चैत ८ - आर्थिक पत्रकारितातालिमका लागि नेपाल आर्थिक पत्रकार समाज सेजन र नेशनल बैंकिङ इन्स्टिच्युटबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार एनबीआईले वार्षिक रुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि तालिम प्रदान गर्नेछ।

त्यस्तै, आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ।


 

More form the Internet

loading...