Suvadin, Home

व्यवस्थापिका संसदद्वारा  कम्पनी विधेयक पारित

व्यवस्थापिका–संसद्ले कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ बहुमतले पारित गरेको छ। त्यसअघि बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
व्यवस्थापिका–संसद भवन।

काठमाडौं चैत १ - व्यवस्थापिका–संसद्ले कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ बहुमतले पारित गरेको छ। 

त्यसअघि बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले विधेयकले दर्ता भए पनि सञ्चालन हुन नसकेका कम्पनीलाई खारेज गर्ने व्यवस्था गरेको बताए। अनलाइन उद्योग दर्ता र भुक्तानीको व्यवस्था विधेयकले गरेको जानकारी उनले गराए। पाँच करोडभन्दा बढी रुपैयाँ लगानी रहेका दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने र त्यस्ता कम्पनीमा एक महिला सञ्चालक सदस्य हुनुपर्ने प्रावधान रहेको उनले बताएका छन्। 

कम्पनी ऐनमा भएको संशोधनले लगानीको वातावरण हुने मन्त्री जोशीको धारणा थियो। प्रस्तावको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले राजनीतिक दर्शन र विचारअनुसार अर्थतन्त्र हुनुपर्ने बताउँदै बढ्दो निजीकरणलाई सबै जनताको हितमा उपयोग गर्न राज्यले हस्तक्षेपकारी नीति अपनाउनुपर्नेमा जोड दिएका छन् ।रासस 


 

More form the Internet

loading...