Suvadin, Home

लक्षित वर्गमा बजेट खर्च गर्नु पर्नेमा अर्थमन्त्री महराकाे जाेड

उप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पूँजीगत खर्च गर्ने क्षमता नभएकाहरु नै मन्त्रालयसँग पैसा माग्न लाइन लाग्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले लक्षित योजनामा पैसा खर्च गर भनेर दिएको रकम पनि खर्च हुन नसकेको भन्दै उनले लक्षित योजनामा खर्च गर्ने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौं, माघ ३– उप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पूँजीगत खर्च गर्ने क्षमता नभएकाहरु नै मन्त्रालयसँग पैसा माग्न लाइन लाग्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले लक्षित योजनामा पैसा खर्च गर भनेर दिएको रकम पनि खर्च हुन नसकेको भन्दै उनले लक्षित योजनामा खर्च गर्ने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

गरिबी निवारण कोषको आगामी रणनितिमा महिलाहरुको आर्थिक क्षेत्रमा अभिवृद्धि गर्ने सम्बन्धी अन्तरक्रियालाई मंगलबार सम्बोधन गर्दै उपप्रधानमन्त्री महराले पूँजीगत खर्च गर्ने क्षमता नबढाएसम्म अपेक्षित आर्थिक विकासको अनुभूति गर्न नसकिने बताएका हुन्।

उपप्रधानमन्त्री महराले मध्यपश्चिम र सुदुरपश्चिका महिला अझै बढी पीडित रहेको भन्दै दातृ निकायलाई त्यस क्षेत्रमा बढी लगानी गर्न सुझाव दिए। गरिबी निवारण कोषल देशका ५५ जिल्लाका २ हजार ९१ गाविसमा छरिएर रहेका ४ सय २५ सहकारी, १ हजार ६ सय ४५ महिला समुहमा काम गरिरहेको छ।

यसमा २७ प्रतिशत दलित र ३० प्रतिशत जनजाति महिला छन् । आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरुमा गरिबी निवारण कोषले बार्षिक करिब १३ अर्ब रुपैया खर्च गर्ने गरेको छ । कोषले ४० लाख जनसंख्या आफ्नो कार्यक्रमबाट लाभान्वित रहेको पनि दाबी गरेको छ।


 

More form the Internet

loading...