Suvadin, Home

एन आई सी एशिया बैंकका ७ नयाँ शाखा

एन आई सी एशिया बैंकको विभिन्न ७ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आज मिति २०७३ कार्तिक २३ गते एक समारोहका बिच विधिवत् समुद्घाटन भयो । ती शाखाहरु मध्ये बट्टार स्थित ७० औं शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले, अत्तरीया स्थित ७१ औं शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष श्री बसन्त रोकायाले,  लेखनाथ स्थित ७२ औं शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री लक्ष्मी प्रसाद त्रिपठीले,  वाग्लुé स्थित ७३ औं शाखाको उद्घाटन वाग्लुé उद्योग वाणिज्य संघका अध्यक्ष श्री जयराम भारीले, बिरौटा स्थित ७४ औं शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री विश्व शंकर पालिखेले, कावासोती स्थित ७५ औं शाखाको उद्घाटन नवलपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष श्री ओम प्रकाश पौडेल तथा दलदले स्थित ७६ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण रिसालज्यूले समुद्घाटन गर्नु भयो । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । नयाँ शाखा अत्तरीया सहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम संख्या ६९ पुगेको छ । 

बैकले गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा  निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य बृद्धि हासिल गर्न सफल भएको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १२.५५ प्रतिशत रहेको छ जसले बैंकको पूँजीको अवस्था सुदृढ रहेको जनाउँछ ।   बैंकको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर तथा त्यसपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ । 

बैंकले हरेक सभ्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
 


 

More form the Internet

loading...