Suvadin, Home

मुलुक समृद्ध बनाउन गाउँ समृद्धि जरूरीः महरा

उपप्रधानमन्त्री महराले मुलुकलाई समृद्ध बनाउने सरकारको योजना पूरा गर्न ग्रामीण क्षेत्रको विकासमा विशेष आर्थिक योजना सञ्चालन गर्नुपर्ने स्पष्ट पारेका छन्। उनले सरकारले मुलुकको समृद्धिका लागि ग्रामीण क्षेत्रको अर्थतन्त्रको सुदृढीकरणमा विशेष जोड दिएको पनि स्मरण गराएका छन्।
राष्ट्रिय लघुवित्त सम्मेलनको उद्घाटन कार्यक्रमका अतिथिहरू।

काठमाडौं, चैत २ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले गाउँ समृद्ध नभई मुलुकलाई समृद्ध बनाउन नसकिने बताएका छन्। उपप्रधानमन्त्री महराले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि पनि ग्रामीण क्षेत्रको सवलीकरणको आवश्यक्तामा जोड दिएका छन्।

काठमाडाैंमा आयोजित राष्ट्रिय लघुवित्त सम्मेलनको उद्घाटन गर्दै महराले गाउँको समृद्धिका लागि लघु वित्त संस्थाहरुले विशेष जोड दिनुपर्ने स्मरण गराएका छन्।

उपप्रधानमन्त्री महराले मुलुकलाई समृद्ध बनाउने सरकारको योजना पूरा गर्न ग्रामीण क्षेत्रको विकासमा विशेष आर्थिक योजना सञ्चालन गर्नुपर्ने पनि स्पष्ट पारेका छन्। उनले सरकारले मुलुकको समृद्धिका लागि ग्रामीण क्षेत्रको अर्थतन्त्रको सुदृढीकरणमा विशेष जोड दिएको पनि स्मरण गराएका छन्।

अर्थ मन्त्रालयले संघीय ढाँचा अनुसारको बजेट विनियोजना गर्ने तयारी पनि अघि बढाइसकेको छ। अर्थमन्त्री महराले स्थानीय तहलाई सवल बनाउने गरी बजेट विनियोजन गर्ने पनि जानकारी दिएका छन्।

बुधबारबाट सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ। सम्मेलनले आर्थिक, सामाजिक र मानवीय मूल्यमा सन्तुलन कायम गर्न सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरिएको छ। कार्यक्रममा नेपालमा लघु वित्त संस्थाहरुले २४ लाख विपन्न वर्गलाई समेटेको दावी पनि गरिएको छ।


 

More form the Internet

loading...