Suvadin, Home


पूर्वाधार विकासमा बाह्य लगानी आवश्यकः पाण्डे

स्थानीय विकासमन्त्री हितराज पाण्डेले पूर्वाधार विकासका लागि प्रविधि भित्र्याउन बाह्य लगानी आवश्यक रहेको बताएका छन्। मन्त्री पाण्डेले स्वदेशी पूँँजी, श्रम र उद्यमशीलतालाई प्राथमिकतामा राखेर प्रविधि भित्र्याउन सके नेपालको पूर्वाधार क्षेत्रको विकास द्रुत गतिमा हुने पनि स्पष्ट पारेका छन्।
स्थानीय विकासमन्त्री हितराज पाण्डे ।

काठमाडौं, फागुन ९


स्थानीय विकासमन्त्री हितराज पाण्डेले पूर्वाधार विकासका लागि प्रविधि भित्र्याउन बाह्य लगानी आवश्यक रहेको बताएका छन्। मन्त्री पाण्डेले स्वदेशी पूँँजी, श्रम र उद्यमशीलतालाई प्राथमिकतामा राखेर प्रविधि भित्र्याउन सके नेपालको पूर्वाधार क्षेत्रको विकास द्रुत गतिमा हुने पनि स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै उनले वातावरण मैत्री पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औल्याएका छन्।

मन्त्री पाण्डेले पूर्वाधार विकासले वातावरण प्रदुषित बनाउँदै लगेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि ठोस नीति तय गर्न ढिलाई गर्न नहुने पनि उल्लेख गरेका छन्।

मन्त्री पाण्डेले ठुल्ठुला पूर्वाधार परियोजना सञ्चालनका लागि वित्तिय संस्थाहरुको क्षमता विकास गर्नुपर्नेमा पनि जोड दिएका छन्।

पाण्डेले वित्तीय संस्थाहरुको क्षमताको विकास नहुँदा ठुल्ठुला परियोजना सञ्चालनमा कठिनाई हुने गरेको पनि स्मरण गराउँदै। दीगो विकासको आवश्यक्तामा पनि जोड दिएका छन्।


 

More form the Internet

loading...