Suvadin, Home

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैया गायब भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख गायब भएको भन्दै ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

धनगढी, फागुन १– यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैया गायब भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख गायब भएको भन्दै ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

कुन प्रयोजनको रकम कसरी र कहिले गायब भयो भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन। यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशंका गरिएको छ । बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन्। रासस


 

More form the Internet

loading...