Suvadin, Home

बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

बन्द, हडताल, मजदुर समस्या, बजार अभावजस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन्। संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भएकोमा प्रताडित भएका हुन्।

विराटनगरफागुन २६- बन्द, हडताल, मजदुर समस्या, बजार अभावजस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन्।

संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भएकोमा प्रताडित भएका हुन्।

सप्तरी घटनापछि सुरु भएको तराई-मधेस बन्दले संविधान कार्यान्वयनमा देखिएको समस्याले उद्योगी नयाँ लगानी गर्न हिचकिचाइरहेका छन्। सांसद एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले भने, ‘राजनीतिक अस्थिरता र बन्द हडतालले लगानी सुरक्षित छैन।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय पनि लगानी गर्ने वातावरण नभएको बताउँछन्। उनका अनुसार एक दिनको बन्दले मोरङसुनसरी औद्योगिक क्षेत्रले मात्रै २५ करोडभन्दा बढी प्रत्यक्ष नोक्सानी व्यहोनुपर्छ।

यो क्षेत्रको अप्रत्यक्ष नोक्सानी अवस्थामा नयाँ लगानी थपिने कल्पना गर्न नसकिने उनले उल्लेख गरे। गत वर्षको भूकम्प, छ महिना लामो तराईमधेस बन्द, नाकाबन्दीको पीडा कम हुँदै गएको अवस्थामा सुरु भएको बन्दले उद्योगी निरास भएको उनले बताए।

राजनीतिक अस्थिरताले निजी क्षेत्र झन्झन् सङ्कटमा पर्दै गएको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका महासचिव रबिन दाहालको भनाइ छ। शिक्षा क्षेत्रमा लगानी गरेका दाहाल देश हाँक्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रसमेत बन्द हडतालले थिलथिलो भएको बताउँछन्।

डेढ दशकभन्दा लामो समयदेखिको राजनीतिक अस्थिरताले उद्योगी व्यवसायीले अर्बौं गुमाएको सङ्गठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेको भनाइ छ। रासस


 

More form the Internet

loading...