Suvadin, Home

मुस्ताङका पर्यटकीय क्षेत्रमा चहलपहल सुरू

मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ। पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन्। फागुन लागेसँगै पर्यटक आगमन बढेको मुस्ताङका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । जोमसोमका होटल व्यवसायी अनिता शेरचनले बास बस्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएको बताएका छन्। 
मुस्ताङका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक साइकलमा यात्रा गर्दै ।

मुस्ताङ, चैत ४ - मुस्ताङका पर्यटकीय क्षेत्रमा चहलपहल सुरु भएको छ। पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दो छ। फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो।

मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ। पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन्।

फागुन लागेसँगै पर्यटक आगमन बढेको मुस्ताङका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । जोमसोमका होटल व्यवसायी अनिता शेरचनले बास बस्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएको बताएका छन्। 

'पर्यटक नआउँदा सुनसान बनेका होटलमा चहलपहल सुरु भएको छ,' उनले भने। हिउँ पर्ने र बढी चिसो हुने हुँदा पुस माघमा पर्यटक आगमन अति न्यून हुने गरेको छ। पर्यटक आगमन सुरु भएपछि मुस्ताङका व्यवसायी उत्साहित बनेका छन्।

पछिल्लो समय त्यहाँ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ। अघिल्ला वर्षका तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढेको लेतेस्थित ‘एन्जल गेष्ट हाउस’का सञ्चालक विमल शेरचनले बताएका छन्। 

मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ। यातायातको सहजताले पनि पर्यटक आगमनमा वृद्धि भएको छ।

मुक्तिनाथस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढेको छ। मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ।


 

More form the Internet

loading...